पाल्पा – रामपुरमै पहिलो पटक खुलेको ‘चिल्ड्रेन फनपार्क’ मा यतिखेर सबैको आकर्षण बढेको छ । बालबालिकालाई लक्षित गरी भर्खरैमात्र रामपुर नगरपालिका–५ बेझाड खेतमा सुरु गरिएको फनपार्क अहिले पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ ।
विशेषगरी यहाँ साँझपख आन्तरिक पर्यटकको भिड लाग्ने गरेकाे छ । दिनभरको कार्यालयको थकान मेट्ने र बालबालिका भुलाउने माध्यम बनेको छ, फनपार्क । विद्यालय बिदाको समय र दशैँ पर्व भएकाले पनि अहिले यहाँ बालबालिकाको भिड लागेको छ । पार्कभित्र विभिन्न प्रकारका पिङ, चिप्लेटी, जम्पिङलगायत एक दर्जनभ...