सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगले सरकारले सञ्चालन गर्ने विकास योजना छनोटको मापदण्ड, विधि र प्रक्रिया निर्क्यौल गरेको छ । प्रदेश सरकार गठन भएको झन्डै तीन वर्षपछि सरकारले आयोग गठन गरेको थियो । आयोग गठन भएको ९ महिनापछि आयोगले ‘योजना तर्जुमा दिग्दर्शन’ तयार गरेर मुख्यमन्त्री अध्यक्ष रहने आयोगको बैठकबाट स्वीकृत गरेको हो ।