दक्षिण अफ्रिकी महिलाले एकै पटक १० सन्तान जन्माएको दाबी असत्य

एजेन्सी। दक्षिण अफ्रिकाकी एक जना महिलाले एकैपटक १० वटा बच्चा जन्माएको दाबी असत्य रहेको पुष्टि भएको छ। खाउटेङ् प्रान्तका कुनै पनि अस्पतालमा १० बच्चा जन्मिएको अभिलेख नरहेको प्रान्तीय सरकारले जनाएको हो। स्वास्थ्य परीक्षणमा १० बच्चा जन्माएकी भनिएकी ३७ वर्षीया गोसियामे थमारा सिथोले गर्भवती समेत नरहेको पाइएको छ। उनलाई हाल मानसिक स्वास्थ्यसम्बन्धी कानुन अन्तर्गत निगरानीका लागि नियन्त्रणमा लिइएको छ।

सम्बन्धित सामग्री

दक्षिण अफ्रिकी बलरले लुम्बिनीबाट नेपाल टि२० लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकी बायाँ हाते तीव्र गतिकी बलर शड्ली भान सेल्किकले लुम्बिनी अल स्टार्सबाट नेपाल टि२० लिग खेल्ने भएका छन् । लुम्बिनीले आफ्नो विदेशी खेलाडीको रुपमा सेक्किकलाई सार्वजनिक गरेको छ । ३४ वर्षीय बायाँ हाते अलराउन्डर सेल्किकले ९७ प्रथम श्रेणी खेलमा २ सय ३९ विकेट लिनुको साथै २५ सय ९३ रन बनाएका […]

दक्षिण अफ्रिकी संसद् भवनमा आगलागी

केप टाउन, १८ पुस : केप टाउनमा रहेको दक्षिण अफ्रिकी संसद् भवनमा आइतवार आगलागी भएको घटनास्थलमा रहेका एएफपी संवाददाताहरूले बताएका छन्। आगो र धुवाँको ठूलो मुस्लो लगभग ०५३० जिएमटिमा देखिएको थियो । अहिले अग्निनियन्त्रकहरू भवनमा उपस्थित भएका छन् । आगलागी भएको घटनास्थलमा आगो नियन्त्रणको प्रयास भैरहेको छ।-Photo: Agency

दक्षिण अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध

काठमाडौं, मंसिर १३ । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढ्न सक्ने आँकलनसहित दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले आइतबार विदेशी नागरिक अध्ययन र अनुगमन गर्ने सरकारी निकाय अध्यागमन विभागसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय र सीमा क्षेत्रमा रहेका प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाउन निर्देशन […]

दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक

काठमाडौं, मंसिर १२ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर राखेर सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । गृहमन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन दिएको हो । यो निर्णय […]

विश्वका कतिपय मुलुकहरुले दक्षिण अफ्रिकी मुलुकका नागरिकमाथि लगाए प्रतिबन्ध

एजेन्सी, ११ मङ्सिर। कोराना भाइरसको नयाँ भेरियन्ट देखिएपछि विश्वका कतिपय मुलुकहरुले दक्षिण अफ्रिकी मुलुकका नागरिकहरुलाई आवागमनमा प्रतिबन्ध लगाएका छन्। बेलायतले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाइसकेको छ। अमेरिकाले पनि सोमबारबाट दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ। स्वीजरल्याण्डले समेत दक्षिण अफ्रिकी मुलकसँगको हवाई सेवा तत्कालका स्थगित गर्ने निर्णय गरेको छ। ब्राजिल […]

दक्षिण अफ्रिकी लेखक डामन गलगट बुकर प्राइजबाट सम्मानित

दक्षिण अफ्रिकी लेखक डामन गलगट बुकर प्राइजबाट सम्मानित भएका छन्। 'दी प्रमिस' आख्‍यानका लागि उनलाई बुकर प्राइज प्रदान गरिएको हो। यसअघि उनी सन् २००३ र २०१० मा उक्त पुरस्कारका लागि मनोनित भएका थिए। 'दी प्रमिस' उनको नवौं नोभल हो जसमा उनले ४० वर्षदेखि अहिलेसम्म दक्षिण अफ्रिकी परिवारको अवस्था प्रस्तुत गरेका…

दक्षिण अफ्रिकी ब्याट्सम्यान रिचार्ड लेभी इपीएल खेल्न नेपाल आइपुगे

काठमाडौं, ६ असोज । एभरेष्ट प्रिमीयर लिग (इपीएल) खेल्नका लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान रिचार्ड लेभी नेपाल आइपुगेका छन् । लेभी पोखरा राइनोजमा आबद्ध रहेका छन् । उनले २२० टि–२० खेलमा ५ हजार ४ सय ६८ रन बनाएका छन् ।  पोखराले आइतबार भैरहवा ग्लाडिएटरर्ससँग खेल्दैछ । पोखराको टोलीमा विनोद भण्डारी, सुनिल धमला, रित गौतम, विपिन रावल, […]

दक्षिण अफ्रिकी महिलाबाट एकैपटक १० शिशुको जन्म

एजेन्सी, २६ जेठ । दक्षिण अफ्रिकी महिलाले एकैपटक १० शिशुलाई जन्म दिएकी छिन् । गोसियामी थामारा सिथोलेले सोमाबर साँझ ६ बालक र ३ बालिकालाई एकैपटक जन्म दिएकी हुन् । यो अहिलेसम्मकै विश्व किर्तिमान हो । यसअघि सिथोलेले जुमल्याहा बच्चालाई जन्म दिएकी थिइन् । उनी ३७ वर्षकी भइन् । २९ हप्ताको गर्भबाट सोमबार साँझ सिथोलेको शल्यक्रियाबाट […]

गद्दी आरोहणको एक महिनामै दक्षिण अफ्रिकी रानीको निधन

बीबीसी। दक्षिण अफ्रिकी जुलु वंशकी रानी शियिवे मान्टफोम्बी ड्लामिनी जुलुको ६५ वर्षको उमेरमा निधन भएको छ। उनलाई गत साता अस्पताल भर्ना गरिएको थियो। उनको मृत्युको कारण भने खुलाइएको छैन। उनका पति राजा गुडविल ज्वलेलिथिनी, ७२ को निधनपछि उनी गत २४ मार्चमा रानी बनेकी थिइन्। हालसम्म जुलु राजवंशको नयाँ उत्तराधिकारी घोषणा गरिएको छैन।