विश्वका कतिपय मुलुकहरुले दक्षिण अफ्रिकी मुलुकका नागरिकमाथि लगाए प्रतिबन्ध

एजेन्सी, ११ मङ्सिर। कोराना भाइरसको नयाँ भेरियन्ट देखिएपछि विश्वका कतिपय मुलुकहरुले दक्षिण अफ्रिकी मुलुकका नागरिकहरुलाई आवागमनमा प्रतिबन्ध लगाएका छन्। बेलायतले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाइसकेको छ। अमेरिकाले पनि सोमबारबाट दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ। स्वीजरल्याण्डले समेत दक्षिण अफ्रिकी मुलकसँगको हवाई सेवा तत्कालका स्थगित गर्ने निर्णय गरेको छ। ब्राजिल […]

सम्बन्धित सामग्री

दक्षिण अफ्रिकी राष्ट्रपतिलाई कोभिड सङ्क्रमण

तर उनलाई ओमिक्रोन हो कि होइन भन्ने बारेमा भने केही बताइएको छैन। ओमिक्रोन दक्षिण अफ्रिकामा पाइएको भनेपछि अहिले विश्वका कैयौँ देशले दक्षिण अफ्रिकाका विरुद्धमा यात्रा प्रतिबन्ध लगाएका छन्।

ओमिक्रोनबारे दक्षिण अफ्रिकी अनुसन्धानकर्ता - 'प्रतिबन्ध होइन, सहकार्य गरौं'

अहिले विश्व कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण त्रसित छ । सबैभन्दा पहिला यो भेरियन्ट दक्षिण अफ्रिकी मुलुक बोत्सवानाले रिपोर्ट गरेको दाबी गरिएको छ । दक्षिण अफ्रिकाले केही दिन अघि विश्वलाई यस भाइरसबारे बताएपछि विश्वभर नै हलचल मच्चिएको छ । हाल दक्षिण अफ्रिकाका देशहरू मात्रै नभएर विश्वका २० देशमा यो भेरियन्ट फेला परिसकेको छ । यससँगै धेरै देशले दक्षिण अफ्रिकी मुलुकका साथै यो भेरियन्ट देखिएका मुलुकसँग आफ्नो सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेका छन् ।

काेराेनाकाे नयाँ भेरियन्ट 'ओमिक्रोन' तीव्र गतिमा फैलिँदै

काठमाण्डाै - कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका विभिन्न देशमा फैलिएको पाइएको छ। नेदरल्यान्ड्स, जर्मनी, इटली, बेल्जियम, इजरायल, हङकङलगायत देशमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । यो भेरियन्ट डेल्टा भेरियन्ट भन्दा दुई गुणा खतरनाक भएको विज्ञले बताउँदै आएका छन् । ओमिक्रोन भेरियन्ट पाइएपछि दक्षिण अफ्रिकी देशमाथि यात्रा प्रतिबन्ध लगाउने देशको सङ्ख्या पनि बढ्दै गएको छ । न्युजिल्यान्ड, थाइल्यान्ड, सिङ्गापुर, माल्दिभ्स, श्रीलङ्का, साउदी अरेबिया, ब्राजिल, क्यानडा, इजरायल, जापान, युरोपेली सङ्घ, अस्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशले...

ओमिक्रोनको त्रास : इजरायलले १४ दिनका लागि लगायो विदेशीको प्रवेशमा प्रतिबन्ध

कोरोनाभाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन'बाट संक्रमित भएकाहरु दक्षिण अफ्रिकी मुलुकसँगै युरोप र विश्वका अन्य केही देशमा पनि भेटिन थालेसँगै इजरायलले १४ दिनका लागि विदेशीहरुलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।

ओमिक्रोन भेरिएन्टको जोखिममा नेपाल पनि, हङकङबाट आउने क्वारेन्टाइन बस्नैपर्ने

काठमाडौं : दक्षिण अफ्रिकामा हालै भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ (ओमिक्रोन) भेरियन्ट ‘बढी जोखिमपूर्ण भएको वैज्ञानिकहरुले बताएका छन्।अहिलेसम्मकै खतरनाक भेरिएन्ट भनेर वैज्ञानिकहरूले बताइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आपतकालीन बैठक बसेर यसलाई 'भ्यारिएन्ट अफ कन्सर्न भनेर वर्णनसमेत गरिसकेको छ।यो भेरियन्ट देखा परेपछि, विश्वका धेरै देशहरूले दक्षिण अफ्रिकाबाट यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेका छन्।विश्वले दक्षिण अफ्रिकी देशहरूको आवतजावतमा प्रतिबन्ध लगाइसकेको