जसपा कार्यालयमा हेडक्वार्टरको बैठक

जनता समाजवादी पार्टी नेपालको हेडक्वार्टर बैठक पार्टी कार्यालयमा बसिरहेको छ । स्थानीय तहको चुनावमा गठबन्धन गर्दा पार्टीको हिस्सेदारी, उम्मेदवार चयन लगायतको विषयमा छलफल गर्नका लागि हेडक्वार्टरको बैठक बसिरहेको हो । काँग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको स्थानीय तह निर्वाचनमा तालमेलका लागि तयारी तथा अनुगमन समितिको बैठक हिजो बसेको थियो । सो समितिले सत्ता गठबन्धनको स्थानीय तह चुनाव तयारी, परिचालन तथा अनुगमन समितिले तीन दिनभित्र केन्द्रमा प्रतिवेदन पठाउन निर्देशन दिएको छ । समितिमा सत्ता

सम्बन्धित सामग्री

जसपा कार्यकारिणी समितिको बैठक जारी

काठमाडौं, २५ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक जारी रहेको छ । बैठक बिहान ११ बजेदेखि पार्टी कार्यालयमा सुरु भएको हो । बैठकमा गत भदौदेखि जारी रहेको पार्टीको तीन महिने ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’ माथि समीक्षा हुने केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । जसपाले गत भदौदेखि कार्तिकसम्म तीनमहिने […]

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं,फागुन १३ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजबाट काठमाडौंमा सुरु हुँदैछ । वालकुमारीस्थति केन्द्रीय कार्यालयमा अहिले विहान ११ बजे देखी सुरु हुने बैठकमा अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देखी स्थानिय तहको निर्वाचनसम्मको एजेन्डा, पार्टीको बिद्यान सम्मेलन लगयताका समसामयिक राजनीतिक बिषयमा छलफल हुने जनाइएको छ ।

जसपाले बोलायो कार्यकारिणी समिति बैठक

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै छ। बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक बस्न लागेको हो।

दलको नेता छान्दै जसपा, संसदीय दलको बैठक बस्दै

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)ले आज संसदीय दलको नेता चयन गर्दैछ। नेता छान्न सिंहदरबारस्थित दलको कार्यालयमा आज बिहान११बजे संसदीय दलको बैठक बस्ने जसपाका सांसद रेणुकुमारी यादवले जानकारी दिइन्। अहिले पनि निर्वाचन प्रक्रियाबारे छलफल गर्न जसपा सांसदहरुको छलफल चलिरहेको यादवले बताइन्। निर्वाचन आयोगबाट अध्यक्ष उपेन्द्र यादवपक्षले आधिकारिकता पाएपछि दलको नेता चयन गर्न लागिएको हो। दलको नेतामा अध्यक्ष यादव चयन हुने निश्चित छ।

जसपा कार्यकारिणी समितिको बैठक शुरू

जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक बालकुमारीस्थित केन्द्रीय कार्यालयमा शुरू भएको छ ।  मंगलवार पनि जसपाको बैठक बसेको थियो । सो बैठकमा महन्थ ठाकुरको पक्षमा हस्ताक्षर गरेका १६ जना कार्यकारिणी सदस्यलाई हटाउने कि नहटाउने विषयमा छलफल भएको थियो ।  दलको आधिकारिकता पाएपछि जसपा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकमा सनाखत नगर्ने १६ जनालाई अहिले नै कारवाही गरेर निष्कासन गर्ने वा दल दर्ता गरेपछि कारवाही गर्ने विषयमा बहस केन्द्रित भएको छ ।

जसपा कार्यकारिणी समितिको बैठक बस्दै, सरकारमा जाने विषयमा छलफल हुने

जनता समाजवादी पार्टी (जसपा)ले आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक दिउँसो २ बजे बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बस्ने कार्यकारिणी सदस्य तथा सांसद रेणु यादवले जानकारी दिइन् । सोमवार उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएसँगै आज कार्यकारिणी समितिको बैठक बोलाइएको हो ।  सरकारमा सहभागी हुने, संसदीय दलको नेता चयन गर्ने र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने सांसद यादवले बताइन् ।

सत्ता बाहिर पुगेपछि जसपा ठाकुर–महतो पक्षको बैठक बस्दै

सर्वोच्च अदालतको आदेशका कारण सत्ता बाहिर पुगेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षको बैठक बिहीवार बस्दैछ । बबरमहल स्थित पार्टी कार्यालयमा दिउँसो १ बजे प्रतिनिधि सभाका निवर्तमान सांसदहरुको बैठक बस्न लागेको हो ।  विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन बैठक बस्न लागेको जसपा नेता एकवाल मियाँले लोकान्तरलाई जानकारी दिए । सर्वोच्च अदालतको आदेशपछि मंगलवार जसपा सत्ताबाट अलग भएको थियो ।  सर्वोच्चको आदेशबाट पदमुक्त भएका मन्त्रीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भव...

जसपा संसदीय दलको बैठक सुरु, उपेन्द्र पक्ष अनुपस्थित

काठमाडौं। जनता समाजवादी पार्टीको संसदीय दलको बैठक सुरु भएको छ। आज सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बैठक सुरु भएको एक सांसदले जानकारी दिए। बैठकमा उपेन्द्र पक्षका सांसदहरू अनुपस्थित छन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्नेबारे निर्णय गर्न सक्ने सम्भावना छ। नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष एमाले र जसपाले दाबी गर्ने तयारी भएको जसपा श्रोतले देखापढीलाई बताए।

जसपा महन्थ पक्षले भन्यो, कार्यकारिणी समितिको बैठक बोलाएका छैनौं

काठमाडौं। जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले कार्यकारिणी समितिको कुनै बैठक नबोलाएको बताएका छन्। आज बालकुमारीस्थित जसपा पार्टी कार्यालयमा उपेन्द्र यादव पक्षको बैठक जारी रहेका बेला महन्थ पक्षले कुनै बैठक नडाकिएको बताएको हो। महन्थ ठाकुरद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, “जसपा नेपालको केन्द्रीय कायकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारी हामीलाई नभएको स्पष्ट पार्दछौं।”

सरकार गठनबारे जसपा शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन

काठमाडौँ । वैकल्पिक सरकार गठनबारे छलफल गर्न बसेको जनता समाजवादी पार्टी (जसपा) शीर्ष नेताहरूको बैठक विना निष्कर्ष टुङ्गिएको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकमा वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे छलफल थियो । संविधानको धारा ७६ को २ अनुसारको वैकल्पिक सरकार निर्माणका लागि दाबी पेस गर्ने भोलि अन्तिम समय भएकोले त्यसैका लागि शीर्ष तहमा अनौपचारिक […]