लाखौं रुपैयाँको कपडा र चिनी भन्सार चलान

पुस ३, वीरगञ्ज  । प्रहरीले वीरगञ्जका विभिन्न स्थानबाट भन्सार छलेर भित्रिएको चिनी र कपडा बरामद गरेको छ ।  जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार शुक्रवार वीरगञ्जको इनर्वा गाउँ, नगवा र छपकैयाबाट करीब ९ लाख १७ हजार रुपैयाँबराबरको ती सामान नियन्त्रणमा लिइएको हो ।  अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा ठूलो परिमाणमा कपडा र चिनी नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।  नियन्त्रणमा लिइएको चिनी र कपडा आवश्यक कारवाहीको लागि शुक्रवार नै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ । 

सम्बन्धित सामग्री

२५ लाख बराबरको अवैध कपडा र चिनी बरामद

परासी । भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा नवलपरासी प्रहरी टोलीले बुधबार २५ लाख बराबरको कपडा र चिनी बरामद गरेको छ । जिल्लाको सीमावर्ती नाकाबाट ल्याउँदै गरेको अवस्थामा प्रहरीले विशेष सुराकीको आधारमा उक्त सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेका अनुसार ना ६ ख २९०३ नम्बरको ट्रकमा लोड गरी लैजादै […]

रुपन्देहीका विभिन्न स्थानबाट २६ लाख बढी मूल्यको अवैध चिनी र कपडा बरामद

बुटवल : रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली ल्याइएका २६ लाख बढी मूल्यको अवैध चिनी र कपडा बरामद गरेको छ। रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी श्यामु अर्यालका अनुसार बुटवल र तिलोत्तमाका विभिन्न ठाउँबाट २६ लाख ६५ हजार ७५० रुपैयाँ बराबरको अवैध चिनी र कपडाहरु बरामद भएको छ। बिहीवार बिहान बुटवल…

महाकाली भन्सारबाट निर्यात शून्य, राजस्व संकलन आधाले घट्यो

बैतडी : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रूपमा रहेको महाकाली भन्सार कार्यालय झुलाघाट नाकाबाट गत वर्ष निर्यात शून्यमा झरेको छ।महाकाली भन्सार कार्यालय झुलाघाटका नायब सुब्बा प्रेमप्रसाद काफ्लेका अनुसार गत वर्ष २०७८।७९ मा चिनी, दाल, भाँडाकुँडा, कपडा, बिडी, चप्पल लगायतका सामान बढी आयात भएका छन्। ८१ लाख २१ हजार ३१४ रुपैयाँको सामान भित्रिएकोमा निर्यात भने शून्य रहेको हो। यो नाकाबाट कुनै पनि सामान निकासी नभएको भन्सार कार्यालयले जनाएको छ। केही वर्ष अघिसम्म घ्यू निर्यात हुने गरेकोमा ग

अवैध कपडा र चिनी बरामद

काठमाडौँ,२८ असार । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको लत्ताकपडा र चिनी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट बरामद गरिएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–१० को अरुणखोला बजारमा सुरक्षा जाँचका क्रममा प्रहरीले सोमबार ती अवैध सामान बरामद गरेको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख ६३७ नंको ट्रकमा ल्याउँदै गरेको अवस्थामा एक हजार ९१७ थान सर्ट र ४१८ बोरा चिनी […]

भारतबाट ल्याइएको अवैध कपडा र चिनी बरामद

नवलपुर – भारतबाट भन्सार छलेर ल्याउँदै गरेको लत्ताकपडा र चिनी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट बरामद गरिएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–१० को अरुणखोला बजारमा सुरक्षा जाँचका क्रममा प्रहरीले सोमबार ती अवैध सामान बरामद गरेको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख ६३७ नंको ट्रकमा ल्याउँदै गरेको अवस्थामा एक हजार ९१७ थान सर्ट र ४१८ बोरा चिनी बरामद […]

अवैध कपडा र चिनी बरामद

भारतबाट भन्सार छलेर ल्याउँदै गरेको लत्ताकपडा र चिनी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट बरामद गरिएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–१० को अरुणखोला बजारमा सुरक्षा जाँचका क्रममा प्रहरीले सोमबार ती अवैध सामान बरामद गरेको हो ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख ६३७ नंको ट्रकमा ल्याउँदै गरेको अवस्थामा एक हजार ९१७ थान सर्ट र ४१८ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिए । प्रहरीले बरामद गरेको कपडा र चिनीको हालको बजार मूल्य

भन्सार छलेर ल्याएको ५४ लाख रुपैयाँ बराबरको चिनी र कपडा बरामद

भन्सार छलेर ल्याएको ५४ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको चिनी र कपडा प्रहरीले अरुणखोलाबाट बरामद गरेको छ ।

नवलपरासीबाट १२ लाखको अवैध चिनी बरामद, साढे एकलाख बराबरको कपडा पनि नियन्त्रणमा

बुटवल : भारतबाट भन्सार छलेर ल्याएको अवैध चिनी नवलपरासी प्रहरीले बरामद गरेको छ। आइतबार बिहान नवलपरासीको बर्दघाट स्थित टिसिएन चोकबाट १२ लाख बढी मूल्य पर्ने चिनी बरामद भएको हो। ना ६ ख २३८८ नम्बरको ट्रकमा लोड गरि चितवनतर्फ लैजान लागेको अवस्थामा ४१८ बोरा (२० हजार ८९४ केजी) चिनी फेला परेको…

भन्सार छली करोडौंको तस्करी

काठमाडौं, चैत ९। भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली गरि करोडौं मूल्यका वस्तु तथा कपडाको तस्करी हुने क्रम बढेपछि राजस्व अनुसन्धान विभागले नाकाहरूमा कडाइ गरेको छ । नाकाहरूमा चोरी पैठारीमार्फत करोडौं मूल्यका रड, सिमेन्ट, खाद्यन्न, कपडा, चिनी, हार्डवेयर सामानको तस्करी हुने क्रम बढेपछि राजस्व अनुसन्धान विभागले नाकामा कडाइ गरेको हो । राजस्व विभागले तस्करी […]

भारतबाट भन्सार छलेर ल्याएका समान बरामद

काठमाडौं । भारतबाट भन्सार छलेर ल्याएको लत्ताकपडा र चिनी प्रहरीले बिराटनगर महानगरपालिकाबाट बरामद गरेको छ । भन्सार छलेर ल्याएको लत्ताकपडा र चिनीसहित १ लाख ६४ हजार मूल्य पर्ने सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता (डिएसपी) मान बहादुर राईले रातोपाटीलाई बताए ।विराटनगर महानगरपालिका–१७ स्थित दरैयाबाट सुधीरकुमार महतोले ल्याएको ४ बोरा कपडा सिमानाबाट नेपालतर्फ ल्याएर टेम्पोमा लोड गरिरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो । सो तयारी कपडाको मूल्य १ लाख ५६ हजार रहेको छ ।विराटनगर महा