पेट्रोलियम पदार्थको ढुवानी बिमाका नाममा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले करोडौं रुपैयाँ अपचलन गरिरहेको आरोप लागेको छ । नेपाल आयल निगमको डिपोबाट पम्पसम्म इन्धन ढुवानी गरेबापत बिमा शुल्कमा एसोसिएसनले बर्सेनि ठूलो परिमाणमा रकम अपचलन गरेको आरोप लागेको हो ।