खर्चिलो बन्दै दलका महाधिवेशन

सङ्घीय संसद्मा रहेका अधिकांश दल यतिबेला आ–आफ्नो राष्ट्रिय महाधिवेशनमा सक्रिय भएका छन् । महाधिवेशनमा खर्च जुटाउन दलहरूले विभिन्न उपाय अवलम्बन गरेका छन् । दलहरूको आर्थिक खर्च व्यवस्थापन पारदर्शी नहुने गरेको तथा भड्किलोे कार्यक्रम हुने गरेकोजस्ता चर्चासमेत हुने गरेका छन् । तर, नेताहरूले निर्वाचन खर्चलाई मितव्ययी र पारदर्शी बनाउने दाबी गरेका छन् । सत्तारूढ नेपाली काँंग्रेस, नेकपा (माओवादी केन्द्र) देखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायतका दल यतिबेला महाधिवेशनमा व्यस्त छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण दलहरूले निर्धारित समयमा अधिवेशन गर्न सकेका थिएनन् । यतिबेला दलहरूको अधिवेशनको चहलपहलसमेत बढेको हो ।

सम्बन्धित सामग्री

द्रुतमार्ग र विकासको सवाल

सडकमार्ग नेपालको सन्दर्भमा ज्यादै भरपर्दो मानिन्छ । तर, हाम्रो जमिनको बनावट र विकटताका कारण पछिल्लो वर्ष सडक पनि कतै समस्या बनिरहेको अवस्था छ । जनसंख्याको असमान वितरण तथा चट्टानले ढाकिएको जमिन धेरै भएकाले पनि नेपालमा सडक विकास ज्यादा खर्चिलो बन्दै गएको छ । दिगो विकासको थालनी भई विविध कार्यक्रमहरू सञ्चालन गरिएको पनि चार दशक बितिसक्यो […]

कम खर्चिलो बन्दै छ दसैं

यसअघि दुई वर्षसम्म लगातार कोरोनाका कारण खुलेर दसैं मनाउन नपाएका नेपालीहरूले यसपालि भने एक हप्ताभन्दा बढी सार्वजनिक बिदासँगै घुमघाममा निस्कँदै दसैं मनाउने तयारी गरेका छन् । नेपालीहरूको महान् पर्व विजयादशमीको अवसरमा प्राय: अन्य वर्षमा चार–पाँच दिन मात्र बिदा हुने गरेकोमा यस वर्ष भने दुईवटा शनिबार नै बिदामा परेकाले कोजाग्रत पूर्णिमासहित करिब आठ दिन बिदा हुने […]

खर्चिलो निर्वाचनको परिणति, लोकतान्त्रिक विकृति

प्रारम्भःविश्व परिवेशमै अध्ययन गर्दा निर्वाचन अत्यन्त खर्चिलो बन्दै गएको छ । दृश्य र अदृश्य लगानी राष्ट्र, राजनीतिक दल र माफियाबाट हुने भएकाले यस्ता निर्वाचनबाट आदर्श र सत्चरित्रवान नेतृत्व देशले प्राप्त गर्न नसक्ने अवस्था बनिरहेको छ । खर्चिलो निर्वाचनले मतदातालाई समेत गलत प्रवृत्तिमा अभ्यस्त हुने संस्कारको विकास हुँदै आएको छ । माफिया, तस्कर, व्यापारिक घराना र […] The post खर्चिलो निर्वाचनको परिणति, लोकतान्त्रिक विकृति appeared first on राजधानी राष्ट्रिय दैनिक.

'खर्चिलो र भड्किलो बन्दै गएको निर्वाचन खर्चलाई निस्तेज गर्न संकल्प आवश्यक'

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले खर्चिलो र भड्किलो बन्दै गएको निर्वाचन खर्चलाई  निस्तेज गर्ने विषयमा साझा संकल्प र इमान्दार प्रयत्न आवश्यक पर्ने बताएका छन् । छैटौँ निर्वाचन दिवसका अवसरमा उनले विश्वसनीय र मितव्ययी निर्वाचनको संकल्प पूरा गर्नुपर्ने बताए ।  “निर्वाचन वालिग मताधिकारका आधारमा प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई जनतालाई शक्तिशाली...

तीनै तहको निर्वाचन एकैपटक गर्न सकिन्छ : माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनाव खर्चिलो बन्दै गएकाले तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने पक्षमा आफू रहेको बताएका छन् । उनले अहिले ‘अर्ली इलेक्सन’को आवश्यकता नरहेको बताए । उनले तीनै तहको निर्वाचन एकसाथ गराउन छलफलको खाँचो औंल्याए । नयाँ पार्टी गठनपछि पहिलो पटक गृह जिल्ला रौतहट आएका उनले मंगलबार चन्द्रपुरमा आयोजित पत्रकार सम्मेलनमा पाँच दलीय गठबन्धन चुनावसम्म रहने पनि बताए । गठबन्धनका नेताहरु बसेर तालमेलका साथ चुनावमा जान सक्ने उनको भनाइ थियो ।एमाले अध्यक्

निर्वाचन प्रणालीमा सुधार कसरी गर्ने ?

नेपालमा निर्वाचन प्रणाली महँगो हुँदै गएकोमा राजनीतिक दल, नेता, मतदाता र निर्वाचनको क्षेत्रमा काम गरेकाहरूले समेत चिन्ता जनाउँदै आएका छन् । सबै तहको निर्वाचन प्रणाली खर्चिलो बन्दै गएकाले पैसा नहुनेहरू राजनीतिमा उदाउन र टिक्नसमेत चुनौती देखा पर्दै गएको छ । सत्तारूढ गठबन्धनभित्रको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले औपचारिक/अनौपचारिक रूपमा समानुपातिक निर्वाचन प्रणाली अँगाल्नुपर्नेमा बहस […]

खर्चिलो बन्दै आन्दोलन र समर्थन

चितवन / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि शक्ति प्रदर्शनका नाममा गरिने समर्थन र विरोधका कार्यक्रम खर्चिला बन्दै गएका छन् । ठूला सभा सम्मेलनमा कार्यकर्ता उतार्नका लागि ठूलो खर्च हुने गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षधर, प्रचण्ड–नेपाल पक्ष र नेपाली कांग्रेसले जिल्ला, प्रदेश... The post खर्चिलो बन्दै आन्दोलन र समर्थन appeared first on Purbeli News.

खर्चिलो र भड्किलो बन्दै निर्वाचन | News of Nepal

सिन्धुपाल्चोक, २७ वैशाख । निर्वाचन आचारसंहितालाई उल्लङ्घन गर्दै सिन्धुपाल्चोकमा उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई भड्किलो र खर्चिलो बनाएका छन् ।