नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनाव खर्चिलो बन्दै गएकाले तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने पक्षमा आफू रहेको बताएका छन् । उनले अहिले ‘अर्ली इलेक्सन’को आवश्यकता नरहेको बताए । उनले तीनै तहको निर्वाचन एकसाथ गराउन छलफलको खाँचो औंल्याए । नयाँ पार्टी गठनपछि पहिलो पटक गृह जिल्ला रौतहट आएका उनले मंगलबार चन्द्रपुरमा आयोजित पत्रकार सम्मेलनमा पाँच दलीय गठबन्धन चुनावसम्म रहने पनि बताए । गठबन्धनका नेताहरु बसेर तालमेलका साथ चुनावमा जान सक्ने उनको भनाइ थियो ।एमाले अध्यक्