निर्वाचन प्रणालीमा सुधार कसरी गर्ने ?

नेपालमा निर्वाचन प्रणाली महँगो हुँदै गएकोमा राजनीतिक दल, नेता, मतदाता र निर्वाचनको क्षेत्रमा काम गरेकाहरूले समेत चिन्ता जनाउँदै आएका छन् । सबै तहको निर्वाचन प्रणाली खर्चिलो बन्दै गएकाले पैसा नहुनेहरू राजनीतिमा उदाउन र टिक्नसमेत चुनौती देखा पर्दै गएको छ । सत्तारूढ गठबन्धनभित्रको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले औपचारिक/अनौपचारिक रूपमा समानुपातिक निर्वाचन प्रणाली अँगाल्नुपर्नेमा बहस […]

सम्बन्धित सामग्री

नेपालको शिक्षा प्रणालीमा सुधार आवश्यकः माधव नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै शिक्षा प्रणालीमा सुधार गर्नका लागि प्रधानमन्त्री र शिक्षामन्त्री आफै अग्रसर हुनुपर्नेमा उनले जोड दिए। अध्यक्ष नेपालले व्यक्तिवाद, भ्रष्टाचार प्रवृत्तिलाई निमिट्यान्न पार्नका लागि शिक्षाको महत्वपूर्ण भूमिका हुने भनाइ राखे। […]

बजेटरी प्रणालीमा सुधार

नेपालको बजेटरी प्रणालीमा सुधार गर्नुपर्ने थुप्रै पक्ष छन् । बजेट निर्माणदेखि खर्च गर्ने प्रक्रिया तथा बजेट अनुशासनका समस्या तमाम छन् । तिनलाई सुधार गर्नै पर्छ  । तीमध्ये जेठ १५ मा बजेट ल्याउनुपर्ने व्यवस्थामै सुधार गर्नुपर्ने हो कि भन्ने बहस आवश्यक देखिएको छ । आर्थिक वर्ष शुरू भइसक्दा पनि सरकारले बजेट ल्याउन नसक्ने अवस्था आएपछि २०७२ को संविधानमा जेठ १५ मै संसद्मा बजेट पेश गर्नुपर्ने व्यवस्था गरियो । तर, यस्तो व्यवस्था हुँदा पनि सुधार हुन सकेन । जेठ १५ मा बजेट आउँदा आर्थिक वर्षको शुरूदेखि नै कार्यान्वयन हुने अपेक्षा थियो । तर, आर्थिक वर्षको अन्त्यसम्म पनि विनियोजित बजेट खर्च नहुने र त्यो पनि अन्तिम समयमा खर्च गर्ने प्रवृत्ति कायमै रह्यो । यसले विकास आयोजनाहरूको प्रगतिलाई बढाउन सहयोग गरेन । बरु जेठ १५ मा बजेट ल्याउँदा पर्याप्त तथ्यांक नै उपलब्ध नहुने समस्या देखियो । त्यसैले २०७३ पछिको अभ्यास हेर्दा या संविधानअनुसार जेठ १५ मा संसद्मा बजेट पेश गर्ने र सोहीअनुसार कार्यान्वयन हुन सक्नुपर्छ । नभए कृषिबाली लगाइसकेपछि बजेट घोषणा गर्दा बढी उपयोगी हुन्छ कि ? नेपाल कृषि प्रधान मुलुक भएकाले साउनबाट नयाँ आर्थिक वर्ष शुरू गर्न थालिएको हो । तर, अहिले जेठमा बजेट प्रस्तुत हुन्छ । बजेटमा फागुनसम्मको मात्रै तथ्यांकलाई आधार मानिन्छ । असारमा बजेट बनाउँदा जेठसम्मको तथ्यांक आउँथ्यो र बजेट भाषणपछि सरकारले बाँकी तथ्यांक सार्वजनिक गर्थ्यो । यस्तो तथ्यांक हेरेर सरोकारवालाहरूले नीति निर्माण गर्न सक्थे । तर, जेठ १५ मा बजेट ल्याउन थालेपछि तथ्यांकहरू सार्वजनिक गर्न छाडिएको छ । यसले गर्दा अन्योल थपेको छ । हचुवाका भरमा आर्थिक तथ्यलाई समेटेर बनाइने बजेट ठोस र परिणाममुखी हुने सम्भावना ज्यादै कम हुन्छ । बजेट निर्माण गर्दा तथ्यांकहरू उपलब्ध भए त्यो यथार्थको नजिक हुन्छ । त्यसैले बजेट निर्माणको परम्परागत ढाँचा र मितिबारे पुनर्विचार गर्नु आवश्यक छ । बजेट कार्यान्वयन हुन नसक्नुका समस्या समाधानको कुरा गर्दा यस पक्षबाट पनि बहस आवश्यक देखिन्छ ।

विकृत शासकीय प्रणालीमा सुधार आवश्यक : उपेन्द्र यादव

काठमाडौं : जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले विकृत शासकीय प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन्।पार्टीको केन्द्रीय कार्यालयमा मधेश प्रदेश विशेष जिल्ला समितिले आयोजना गरेको प्रतिनिधिसभाका सांसदलाई बधाई तथा सम्मान कार्यक्रममा उनले सुधार गर्नुपर्ने बताएका हुन्।‘विकृत शासकीय प्रणालीमा सुधार नल्याउने हो भने न राजनीतिक स्थिरता, न विकास न संघीय प्रणाली नै सुदृढ गर्न सकिन्छ,’ उनले भने।फरक प्रसंगमा अध्यक्ष यादवले संसदमा कुनै खालको तमासा बाँकी नरहेकोसमेत बताए। ‘९० सिट ल

शासकीय प्रणालीमा सुधार नभएसम्म देश गठबन्धनको राजनीतिबाटै गुज्रने : बाबुराम

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं हेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले शासकीय प्रणालीमा सुधार नभएसम्म देश गठबन्धनको राजनीतिबाटै गुज्रने स्पष्ट भएको बताएका छन्।४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आउनेक्रम जारी रहँदा र पुनः गठबन्धनबाटै सरकार बन्ने हुँदा अध्यक्ष डाक्टर भट्टराईले त्यसतर्फ संकेत गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारीको आवश्यकता झन् देखिएको बताएका हुन्।उनले भूराजनीतिको व्यवस्थापन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा

एकीकृत समाजवादीको घोषणापत्र : निर्वाचन प्रणालीमा सुधार जरुरी

काठमाडौँ,१४ कार्तिक । नेकपा(एकीकृत समाजवादी) ले महँगो प्रणालीका कारण राजनीतिमा त्याग गरेका र आर्थिकरुपमा कमजोर व्यक्तिले कहिल्यै शासकीय जिम्मेवारीमा पुग्न नसक्ने ठहर गर्दै निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिएको छ । सो पार्टीले आज सार्वजनिक गरेको प्रतिनिधिसभा र प्रदेशसभा–२०७९ निर्वाचन घोषणापत्रमा मुलुकका लागि समय सुहाउँदो निर्वाचन प्रणाली अङ्गीकार गर्ने उल्लेख गरेको छ । समाजवादीको घोषणापत्रमा […]

निर्वाचन प्रणालीमा सुधार गर्न संविधान संशोधन आवश्यक

आगामी निर्वाचनमा महिला प्रतिनिधित्व बढाउन निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिइएको छ । बिहिबार काठमाडौंमा आयोजित ‘निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व’ विषयक सङ्घीय संसद्का महिला सांसदसँगको अन्तक्र्रियामा सहभागी वक्ताले संसद्मा महिला प्रतिनिधित्व बढाउन संविधानमा आवश्यक संशोधन तथा अध्यादेश ल्याउनुपर्ने सुझाउनुभयो । सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा व्यवस्था गरिएको ३३ प्रतिशत महिला अधिकार उनीहरुको दबाबका कारण भएको …

देश विकासका लागि पद्धती र प्रणालीमा सुधार आवश्यक : स्वर्णिम वाग्ले

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले देश विकासका लागि विद्यमान पद्धती र प्रणालीमा सुधार ल्याउनुपर्ने बताएका छन्। आइतबार काठमाडौंमा आफ्नो पुस्तक अतृप्त अवसर लोर्कापण तथा समसामयिक अर्थ–राजनीतिक विमर्शका क्रममा यस्तो...