गण्डकीमा मन्त्रीपरिषद्लाई पूर्णता दिने तयारी, माओवादीबाट सरकारमा जाने मन्त्रीको टुङ्गो, कांग्रेस अझै अन्योलमा

काठमाडौं । गण्डकी प्रदेशमन्त्रिपरिषद बिस्तारको तयारीमा आज गरिएको छ । जेठ २९ मा मुख्यमन्त्री बन्नुभएका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सक्नुभएको छैन् । कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जसपाबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिब गुरूङ भने यसअघि नै मन्त्री बनीसकेका छन् । गण्डकीमा शुक्रबार दिउँसो मन्त्रिमण्डल बिस्तार […]

सम्बन्धित सामग्री

गण्डकीमा तमासा : मनाङेको नसुध्रिएको मतिमा दलहरू निरीह, मन्त्रिपरिषद् अधुरै

१९ भदौ, पोखरा । लामो रस्साकस्सी र नेताहरुको माथापच्ची पार गर्दै नेपाली कांग्रेस र एमालेको सरकार बनेको ठ्याक्कै दुई महिनापछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय त गरे तर न पूर्णता पायो न …

गण्डकीमा कांग्रेस-एमाले रसायन अझै मिलेन

कांग्रेस र एमालेको केन्द्रमा सत्ता सहकार्य सुरु भएयता सबै प्रदेशमा मुख्यमन्त्री हेरफेर तत्काललाई पूरा भएको छ । दुई ठूला दलको सहमतिबमोजिम अन्तिममा आइतबार सुदूरपश्चिममा कांग्रेसका तर्फबाट कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । पहिलेकै मुख्यमन्त्री यथावत् राखिएका कोशी र गण्डकी प्रदेशमा भने मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

गण्डकीमा कांग्रेसको अक्षम्य भूल, दलित समुदायप्रतिको अपमान : कोइराला

कांग्रेस नेता शेखर कोइरालाले गण्डकी प्रदेश सरकारले पूर्णता पाउने क्रममा कांग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्री नबनाइनु पार्टीले गरेको अक्षम्य भूल भएको बताएका छन् । उनले दलित समुदायको प्रतिनिधित्त्वलाई लत्याइनु दुर्भाग्यपूर्ण र दलित समुदायप्रतिको अपमान भएको टिप्पणी गरेका छन् ।

गण्डकीमा सत्ता किचलो : एक महीनासम्म हुन सकेन मन्त्रिपरिषद् विस्तार

४ असार, पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएको एक महिना पूरा भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले कुनै महत्वपूर्ण काम अघि बढाउन सकेको छैन । जेठ २९ गते नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री चयन भएका थिए । […]