गण्डकीमा कांग्रेस-एमाले रसायन अझै मिलेन

कांग्रेस र एमालेको केन्द्रमा सत्ता सहकार्य सुरु भएयता सबै प्रदेशमा मुख्यमन्त्री हेरफेर तत्काललाई पूरा भएको छ । दुई ठूला दलको सहमतिबमोजिम अन्तिममा आइतबार सुदूरपश्चिममा कांग्रेसका तर्फबाट कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । पहिलेकै मुख्यमन्त्री यथावत् राखिएका कोशी र गण्डकी प्रदेशमा भने मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

सम्बन्धित सामग्री

गण्डकीमा मिलेन भागबण्डा, मुख्यमन्त्री र मन्त्रीका आकांक्षी काठमाडौंमा

पर्वत : मन्त्रालयको भागबण्डामा सहमति हुन नसकेपछि गण्डकी प्रदेशका नयाँ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल  र मन्त्री तथा सरकारका प्रवक्ता कुमार खड्का काठमाडौँ गएका छन्।केन्द्रीय नेताहरूलाई भेटेर मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउन र मन्त्रालयको दाबीबाट पछि नहटेका साना दललाई केन्द्रीय नेताहरूबाट ‘कन्भिन्स’ गरेर मन्त्रिमण्डल विस्तार गर्नका लागि उनीहरू मंगलबार काठमाडौँ गएका हुन्। मुख्यमन्त्री र प्रवक्तासहित अन्य केही सांसदहरू पनि आफूलाई मन्त्री बनाइदिन त कोही कसैको समर्थनको लागि प