काठमाडौं । गाईजात्रा पर्वप्रति नयाँपुस्ता बेखबर जस्तै भएका छन् । काठमाडौं उपत्यका सांस्कृतिक संग्रहालय हो । विश्वका पर्यटक आकर्षित गर्ने पहिलो दृश्य भनेकै काठमाडौंका सांस्कृतिक सम्पदा हुन् । तर नयाँपुस्ताले मर्म आत्मसात नगर्दा गाईजात्राका यी दिनहरुमा समेत शहरको वातावरण खल्लो देखिने गरेको छ । नेवार समुदायको संस्कार र संस्कृतिले काठमाडौं उपत्यकाको साख उच्च छ । […]