४ असोज, डोटी । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिदै जाँदा डोटीमा विगतका चुनावमा नेताहरुले गरेको प्रतिवद्धताको चर्चा हुन थालेको छ । विगतका निर्वाचनमा गरिएका प्रतिवद्धता पूरा नभएकोप्रति डोटीमा आक्रोश बढ्दै गएको छ । यस्तै प्रतिवद्धतामध्ये एक थियो सुदूरपश्चिम प्रदेशको राजधानी दिपायललाई बनाउने । नेताहरुले प्रदेश राजधानी दिपायल हुनेमा ढुक्क रहन डोटीबासीलाई आश्वासन दिएका थिए […]