प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन नौ दिनमात्र बाँकी रहँदा म्याग्दीमा चुनाव प्रचारप्रसार अभियान तीव्र बनेको छ । गाउँगाउँमा आयोजित चुनावीसभामा उम्मेदवार र राजनीतिक दलका नेताले राष्ट्रिय एजेण्डाभन्दा स्थानीय एजेण्डालाई चुनावी मुद्दा बनाएका छन् ।गाउँगाउँमा आयोजित आमसभामा उम्मेदवारले माहोल बनाउन र मतदाता रिझाउन प्रयास गरिरहेका छन् । मतदानमा सहभागी हुने दिन नजिकिँदै जाँदा वडास्तरमा भइरहेका सभामा उम्मेदवारले मतदातालाई आफ्नो पक्षमा पार्न प्रयास गरिरहेका छन् । कलकारको टोलीसहित उम्मेदवार वडामा पुग्न थ