बालेनहरूको लहर चल्दा ११औं पटकमा पराजित भए नरसिंह, पञ्चायतकालदेखिको ५० वर्षे  विरासत ढल्यो

काठमाडौं । पञ्‍चायतकालदेखि नै वडामा निरन्तर विजयी हुँदै आएका नरसिंह व्यञ्‍जनकारलाई यसपटक भने उनकै भतिजले पराजित गरे।  आफ्नो जीवनकालका सुनौला ५० वर्ष वडा अध्यक्षकै रुपमा बिताएका व्यञ्जनकारको ११औं पटकको बिजय यात्रा रोक्ने कारक बने उनकै भतिज रबिन व्यञ्‍जनकार ।  ललितपुर महागरपालिकाको वडा नम्बर १० कुपन्डोलमा स्वतन्त्रबाट लडेका नरसिंहलाई हराउँदै कांग्रेस उम्मेदवार रबिन व्यञ्‍जनकार विजयी भएका हुन्।  रबिनले ८२५ मत प्राप्त गर्दा नरसिंहले ५४३ मत प्राप्त गरेका छन्। नरसिंह यसअघि १० पटक वडाध्यक्षमा विजयी भएका थिए।  उनी १० पटक चुनाव जितेकै कारण चर्चाचमा रहेका भने होईनन् । काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर चिरपरिचित पुराना राजनीतिक दललाई पछि पारेका बालेन साहका गूरु समेत भएको भन्दै चर्चा चुलिएको छ ।  महानगरमा स्थापित पार्टीलाई चुनौती दिएका बालेन्द्र साहको चुनावी प्रचारमा व्यञ्जनकारका छोरा खटिएका छन भने साह पनि व्यञ्जनकारको मतगणनामा प्रतिनिधि बस्ने भन्दै मतगणना स्थल पुगेका थिए ।  यता तीनै साहले रैथाने दलमाथि दोब्बर मतान्तर बनाइरहँदा उनकै गूरु भनिएका व्यञ्जनकार भने पराजित भएका हुन । बालेनले व्यञ्जनकारकै भिजनबोकेर महानगरमा आएका भएपनि ललितपुरले भने त्यो भन्दा राम्रो भिजन उनकै भतिज रबिनमा  देखेको छ । देशमा पटक पटक व्यवस्था फेरिंदा त्यसको साक्षि पनि बने नरसिंह । चरम राजतन्त्र हुँदा होस या पञ्चायत हुँदा उनि जनताकै सेवामा लागे । घरदैलोमै पुगेर सेवा दिए । देश द्वन्दमा फस्यो ठूला परिवर्तनकारी आन्दोलन समेत भए उनी उसैगरी लागिरहे ।  जनतासंगै रहने सरल स्वभाव र बढी महत्वकांक्षा नदेखाउने उनको स्वभाव थियो । बाटोघाटो जुनसुकै स्थानमा जनताको काम गर्थे । घरमै पुगेर सिफारीस गरिदिन्थे । कार्यलयको लेटरप्याड र छाप संगै बोकेर हिड्थे, जनतालाई सकेसम् सहज होस भन्ने सोच्थे । यो नै उनले ५० वर्षसम्म अध्यक्ष हुनुको कारण भएको स्थानीयहरू बताउँछन् । तत्कालिन पञ्चायती शासनमा पञ्चेदेखि पटक पटक मनोनित र निर्वाचित हुँदै उनले १० पटक सम्म स्थानिय नेतृत्व लिएका हुन । पञ्चायत कालमा पञ्चे थिए ३६ सालमा राजिनामा दिएर जनमत संग्रहमा होमिए । बहुदल हार्यो तर ३९ सालमा भएको निर्वाचनमा निर्विरोध निर्वाचित भए । ४३ सालको  निर्वाचनमा पनि नरसिंह निर्विरोध निर्वाचित भएका थिए।  तत्कालिन सर्वमान्य नेता गणेशमान सिंह र सन्त नेता कृष्ण प्रसाद भट्टराईको सहयोग आशिर्वाद पाएका उनले वडा भन्दा माथिको नेतृत्व भने कहिलै दाबी गरेनन् । ०४६ को परिवर्तन पछि उनले २०४९ को स्थानीय निर्वाचनमा काँग्रेसबाट टिकट पाएर निर्वाचित भएका थिए । त्यसपछी ०५६ को स्थानीय निर्वाचनमा पनि उनी निर्वाचित भए । त्यसपछि राजा ज्ञानेन्द्रले सत्ता हत्याएपछि ज्ञानेन्द्र सरकारकै मनोनयनमा मनोनित भएका थिए । त्यसपछि पून: ०६२ सालमा मनोनित हुँदै स्थानीय सरकारको नेतृत्व लिएका उनले ०७४ को निर्वाचनमा पनि बिजयी भएका थिए । किन पराजित भए त ?  कुनै पनि निर्वाचनमा युवा जमात निर्णायक हुने गर्छ । अधिकांश नेताले युवा जमातलाई नै चुनाव जित्ने ठूलो अश्त्रको रुपमा लिएका हुन्छन् । व्यञ्जनकारका हकमा पनि त्यहि युवा जमातले साथ छोड्दा पराजय हुनु परेको स्थानीयको बुझाइ छ । व्यञ्जनकार नेपालको चर्तित फुटबल क्लव फ्रेण्ड्स क्लवको संस्थापक संरक्षक समेत हुन । क्लव स्थापनाकालदेखि राम्रै सहयोग गर्दै आएका व्यञ्जनकारले राजिब पौडेल अध्यक्ष भएर आएपछि गरेको असहयोग नै यसपालिको पराजयको कारण बनेको स्थानीय बताउँछन् ।  केही समय पहिले फ्रेण्ड्स क्लव र वडा कार्यालय बीच सम्बन्ध बिग्रिएको थियो। कारण थियो क्लवले प्रयोग गर्दै आएको कार्यलय भवन बढाबढमा भाडामा लगाउने निर्णय । सस्तो भाडा तिर्दै आएको क्लव रुष्ट बन्यो । मुद्दा समेत पर्‍यो,  जसको कारण पूर्व खेलाडी समेत रहेका उनकै भतिजलाई स्थानीय यूवाको सपोर्ट रह्यो ।   उहाँ नराम्रो भएकै कारण पराजए भएको भने होईन, एक स्थानीयले अभियानसंग भने, उहाँ बृद्ध पनि हुनुभयो, स्वास्थ्यले साथ पनि दिँदैन त्यसैले मतदाताले विकल्प खोजेका हुन । उनका प्रतिद्वन्दी रबिन युवा थिए र स्थानीय युवामाझ प्रिय पनि थिए । देशै भरी युवाको नेतृत्व माग भएको छ । त्यसको प्रभाव पनि यहाँ पर्यो अर्का स्थानीयले भने ।  उहाँ झोलामै कार्यलय लिएर घरमैं  गएर सेवा दिने व्याक्ती हो तर अहिलेको अवस्था त्यस्तो छैन । पुरानै ढर्राले नचल्ने भएकै कारण उनको विकल्प खोजिएको स्थानीय बताउँछन् ।  

सम्बन्धित सामग्री

लिभरपुल बर्नमाउथसँग पराजित

काठमाडौँ – पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा लिभरपुलले इङ्लिस प्रिमियर लिगमा हार पराजित हुन पुगेको छ । अघिल्लो खेलमा म्यानचेस्टर युनाइटेडलाई ७–० ले पराजित गर्दै लय फर्किएको लिभरपुल बर्न माउथसँग पराजित भएको हो। शनिबार भएको खेलमा लिभरपुल बर्नमाउथसँग १–० गोलअन्तरले पराजित भएको हो । लिभरपुललाई आफ्नो घरेलु मैदानमा पराजित गर्ने क्रममा बर्नमाउथका फिलिप वालिङले २८ औँ […]

१९ मन्त्री पराजित

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार रहेका संघीय र सातवटा प्रदेश सरकारका गरी १९ मन्त्री पराजित भइसकेका छन्। पराजित हुनेमा संघीय सरकारका पाँच मन्त्री छन्।...

लिड्ससँग लिभरपुल पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडसँग लिभरपुल पराजित भएको छ । शनिबार राति भएको खेलमा लिभरपुल लिड्ससँग २–१ गोलले पराजित भएको हो ।

स्वीट्जरल्यान्डसँग स्पेन पराजित

घरेलु टिम स्पेन नेसन्स लिग फुटबलमा स्वीट्जरल्यान्डसँग पराजित भएको छ । आइतबार बिहान भएको खेलमा स्पेन स्वीट्जरल्यान्डसँग २–१ गोलअन्तरले पराजित भएको हो ।

नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा सोमबार पराजित भएको छ । ब्वाइज-गल्र्स दुवै टोली पराजित भयो । ब्वाइजमा श्रीलंकाले नेपाललाई ३–० ले पराजित ग¥यो । सिंगल्समा मयुरनले आद्रित नेपाललाई ६–० र ६–२ तथा सोमरत्नले वृजेश अर्याललाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गरे […]

बाबुसँग चुनाव लडेर पराजित भएका उम्मेदवार छोरासँग पनि पराजित

गुल्मीमा बाबुसँग चुनाव लडेर पराजित भएका उम्मेदवार छोरासँग पनि पराजित भएका छन्। गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकामा पालिका अध्यक्ष पदमा नेकपा एमालेबाट उम्मेदवार बनेका कृष्णबहादुर भुसाल बाबु र छोरासँग चुनाव लडेर पराजित भएका हुन्।०७४ सालमा सम्पन्न स्थानीय तह निवाचनमा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार आशोकमार थापासंग भुसाल पराजित भएका थिए। उहाँ अघिल्लोपटक अशोक थापासँग ८ सय ५० मतान्तरले पराजित भएका थिए। अध्यक्षमा थापाले ५ हजार ५ सय ७५ मत ल्याउँदा भुसालले ४ हजार ७ सय ५० मत ल्याएका

टोटेनहम र आर्सनल पराजित

प्रिमियर लिग फुटबलमा टोटेनहम पराजित भएको छ । शनिबार भएको खेमा टोटेनहम ब्राइटनसँग १–० गोल अन्तरले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा टोटेनहम पराजित हुँदै अंक तालिकामा झनै बलियो बन्ने मौका गुमाएको । पराजित भएको टोटेनहम ३२ खेलबाट ५७ अंक जोडेर तालिकाको चौथो स्थानमा छ ।यता जित निकालेको ब्राइटन ४० अंक जोडेर तालिकाको दसौँ स्थानमा छ । आज नै भएको अर्को खेलमा आर्सनल साउथ ह्याप्टनसँग १–० गोल अन्तरले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनलाई जित दिलाउन जान बे

बंगलादेशसँग फेरि पराजित

८ चैत, काठमाडौं । साफ यू-१८ महिला च्याम्पियनसिपमा नेपाल बुधबार बंगलादेशसँग पराजित भएको छ । भारतको जमसेदपुरमा भएको खेलमा नेपालले सुरुमा अग्रता लिएपनि जोगाउन नसक्दा २-१ गोल अन्तरले पराजित भयो । यसअघिको खेलमा पनि बंगलादेशसँग ४-२ ले पराजित भएको थियो । तीन टिम सहभागी च्याम्पियनसिपमा नेपाल सबै चार खेलमा पराजित हुँदै जितबिहिन बन्यो ।   […]

युभेन्ट्स पराजित

१३ भदौ काठमाडौं । क्रिस्टियानो रोनाल्डो पूर्व क्लब म्यानचेष्टर युनायटेड फर्कने पक्का भएपछि पहिलो खेलमा युभेन्ट्स पराजित भएको छ । रोनाल्डोलाई गुमाएपछि इटालियन सिरी ए को खेलमा युभेन्ट्स घरेलु मैदानमै इम्पाओलिसँग १-० ले पराजित भएको हो । यस हारपछि युभेन्ट्स लिगको सुरुआती दुई खेलमै जितविहीन छ र जम्मा १ अंक जोडेको छ । एम्पाओलीका लागि […]

बार्सिलोना पराजित

२१ साउन, काठमाडौं । प्रिसिजन अन्तर्गत मैत्रीपूर्ण खेल स्पानिस क्लब बार्सिलोना अष्ट्रियन क्लब रेडबुल साल्जवर्गसँग पराजित भएको छ । बुधबार राति घरेलु मैदान रेडबुल एरेनामा भएको खेलमा साल्जवर्गले बार्सिलोनालाई २-१ ले पराजित गरेको हो । साल्जवर्गका लागि लुका सुसुक र ब्रेन्डन आरोनसनले गोल गरे । बार्सिलोनाका लागि मार्टिन ब्रेथवेइटले एक गोल गरे । ४३औं मिनेटमा […]