जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न सीमापार रेलमार्ग सहकार्य सम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलबीच छलफल सुरु गरेको छ ।
कार्यदलको सम्पन्न चौथो बैठकले सीमापार जयनगर–जनकपुर (कुर्थासम्म) रेल सेवा सुचारु गर्न स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर (एसडीपी) का लागि छलफल सुरु भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिनुभयो । यसले रेल सञ्चालन गर्न कार्यविधि बनाउने छ ।