फागुनभित्रै कुर्था–जयनगर रेलसेवा सञ्चालन हुने उद्देश्यले १ फागुनदेखि ‘ड्राइरन’ (यात्रुबिना) सुरु गरिए पनि रेल नियमित सञ्चालन अझै अन्योलमा परेको छ । १ फागुनदेखि नियमित ड्राई रन सञ्चालन हुँदै आएको थियो । तर, पनि चैत सुरु भइसक्दा पनि नियमित रेल सञ्चालन हुने निश्चित नभएपछि ड्राई रनको समय पनि कटौती गरिएको छ । कुर्था–जयनगर ओहोरदोहोर गर्न दैनिक एक सय ३० लिटर डिजेल खर्च हुने गरेको छ । तर, यात्रुबिना नै रेल चल्ने भएपछि दैनिक खर्च बढेकोले खर्च कटौती गर्न