लकडाउन खुल्ने बित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले लकडाउन खोल्ने बित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिए ।मन्त्री नेम्बाङले पानिजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरूसँग छलफल गर्ने क्रममा रेल विभागलाई लकडाउन खुल्न बित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पुरा गर्न निर्देशन दिए । नीतिगत, व्यावहारिक र प्राविधिक सम्पूर्ण […]

सम्बन्धित सामग्री

बिमा नगरी १ वर्षदेखि जनकपुर - जयनगर रेल सञ्चालन

जनकपुर–जयनगर रेल सेवा सरकारको नीति विपरीत बीमा बिना नै सञ्चालन भइरहेको छ । नियमित सञ्चालनमा आएको एक वर्ष हुन लाग्दा  पनि व्यवस्थापकीय पक्षद्वारा बिमा नगरी रेल सञ्चालन गरेको पाइएको छ ।  विसं २०७८ चैत १२ गतेदेखि नियमित रुपमा रेल सेवा सञ्चालन हुँदै आएको छ । भारतीय बजार जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दुरीमा दैनिक दुई पटक रेल सेवा सञ्चालनमा छन् ।

जनकपुर–जयनगर रेल सञ्चालन हुने खबरले जनकपुरवासी खुशी

-पवन यादवजनकपुर–जयनगर रेल सञ्चालन हुने खबरले जनकपुरवासी खुशी भएका छन् । पहिलादेखि नै सञ्चालन हुँदै आएको छोटी लाइनको लिकमा चल्ने रेल बन्द भएपछि त्यस क्षेत्रका सर्वसाधारण समस्या खेप्दै आएका छन् ।सरकारले छोटी लाइन विस्थापित गरी अत्याधुनिक रेल भित्र्याई यसअघि नै सफल परीक्षण गरिसकेको छ । रेल सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भए पनि उद्घाटन नहुँदा सञ्चालन हुन सकेको थिएन । भारतबाट दुईवटा रेल ल्याएर राखेकै करिब डेढ वर्ष भएको छ ।नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा शनिबार भर्चुअल माध्यमबाट र

जनकपुर–जयनगर रेल सञ्चालन गर्न फेरि कानुनी अड्चन

काठमाडौं । जयनगर–जनकपुरसम्म रेल सञ्चालन गर्न सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएको छ । रेल अध्यादेश २०७८ संसदमा पेश नै नभएका कारण स्वतः निस्क्रिय भएपछि रेलको औपचारिक उद्घाटनको मिति तय गर्न कानूनी अड्चन खडा भएको हो । गत फागुन १ गतेदेखि जयनगर–जनकपुरसम्म ड्राई रन अर्थात यात्रुबिहीन रेल दैनिक एक पटक सञ्चालन भइरहेको छ । यसै […]

रेलवे ऐन नहुँदा जनकपुर-जयनगर रेल सञ्चालन रोकियो

जनकपुरधाम : जयनगर–जनकपुर रेल कुर्थासम्म सञ्चालन गर्न औपचारिक उद्घाटनको मिति तय गर्न कानूनी अडचन उत्पन्न भएको छ। सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि रेल गत फागुन १ देखि जयनगर–जनकपुर कुर्थासम्म ड्राई रनमा यात्रु नै नराखी दैनिक एक पटक सञ्चालन भइरहेको छ।ड्राई रनको सफलतापश्चात यसै महिनाको दोस्रो साताभित्र प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी गरिएका थिए। न

जनकपुर–जयनगर रेल सञ्चालन (फोटोफिचर)

जनकपुर, १ फागुन । लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेल सेवा आजदेखि सञ्चालनमा । नेपाल सरकारले दुई वटा रेल खरिद गरेको करिब १५ महिनापछि रेल सेवा सञ्चालनमा आएको हो । रेलमा भने तत्काल यात्रु चढ्न पाउने छैनन् । तस्बिरः अजयकुमार साह÷ रासस

मन्त्री नेम्वाङको निर्देशन, जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी तत्काल थाल्नू

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले लकडाउन खोल्नोवित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिएका छन्। पानीजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफलम छलफल गरेर उनले सो निर्देशन दिएका हुन्। “नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण कुराहरुको व्यवस्थापन भईसकेको छ। रेल सञ्चालनमा ढिलाइ भयो। अब छिटोभन्दा छिटो सञ्चालनमा आउनुपर्छ’, नेम्वाङले भने।

कोरोनाका कारण जनकपुर–जयनगर रेल सञ्चालन स्थगित

वैशाख ३१, धनुषा । जनकपुर–जयनगर रेल सेवा सञ्चालनको मिति तोकिँदै सारिँदै आएर यसपटक भनिएको वैशाखभित्र पनि कोरोनाका कारण प्रभावित हुने भएको छ ।  नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनीले वैशाख महीनाभित्रै सञ्चालनको तयारी गरे पनि धनुषा, महोत्तरीसहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञा तथा नेपाल र भारतको सीमा पनि सिल गरिएकोले तत्काल रेल सञ्चालन स्थगित गरिएको बताए । हालै रेल्वे सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भइसकेको छ । रेल्वे सञ्चालन गर्न नेपाली कर्मचारीलाई भारतीयले दश दिनसम्म प्रशिक्षण दिएका थिए । कोरोनाको बढ्दो कहर र निषेधाज्ञाका कारण ती भारतीय कर्मचारी तत्कालको लागि घर फर्केका छन् । महाप्रबन्धक भट्टराईले भने, ‘यस पटक रेल्वे सञ्चालनको अन्तिम तयारीमा थियौँ, तर समयले धोका दियो ।’ उनले अवस्था सामान्य बनेपछि रेल सञ्चालन गरिने बताए । नेपाल सरकारले भारतबाट २०७७ असोज ७ मा दुई ओटा रेल ल्याएको थियो । रेल आएको दिन जनकपुरधामसम्म परीक्षणस्वरुप चलाएर ल्याए पनि ७ महीनादेखि धनुषाको खजुरीको स्टेसनमा दुवै रेल सशस्त्र प्रहरीको सुरक्षामा त्रिपालले छोपेर राखिएको छ । नेपालले भारतीय कम्पनी कोनकन रेल्वेज कर्पोरेसनसँग ८५ करोड रुपैयाँमा दुई रेल खरीद गरेको हो । नेपालको राष्ट्रिय झण्डाको रातो, नीलो र सेतो रङ लगाइएको रेल इन्जिनसहित ६ ओटा डब्बामा एकपटकमा १२ सयदेखि १ हजार ३०० यात्रु यात्रा गर्नसक्ने क्षमताको छ ।  यसअघि नेपालमा कोइला इञ्जिन भएको रेल चल्ने गर्थ्यो जुन सात वर्षदेखि बन्द छ । अहिले ल्याइएको रेल डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधि (डिइएमयु) को छ ।  रेल सञ्चालनका लागि कम्पनीले विभिन्न पदमा १०० जना कर्मचारी नियुक्त गरेको छ । पहिलो चरणमा जयनगरदेखि नेपालको कुर्थासम्म ३४ किलोमिटर रेल सञ्चालन हुने महाप्रबन्धक भट्टराईले बताए । उनले बाँकी १७ किमी कुर्थादेखि बिजलपुरासम्म चालू आर्थिक वर्षभित्र नै सञ्चालन हुने जानकारी दिए । भारतको जयनगरदेखि कुर्थासम्म रेल्वे सञ्चालनका लागि ३ हल्ट र ५ स्टेशन निर्माण गरिएको छ । सरकारले सो रेल सञ्चालन गर्न आवश्यक दक्ष जनशक्ति भर्ना गर्ने बाटो खोलेको थियो । जसअनुसार आवश्यक दक्ष जनशक्ति करारमा नियुक्त गर्न सैद्धान्तिक स्वीकृति दिइएको हो । रेल्वे कम्पनीका अनुसार विभिन्न ४५ पदका लागि २२६ दरबन्दी आवश्यक छ । नेपालसँग कोइलाबाट चल्ने ‘न्यारोगेज’ रेल मात्रै चलाएको अनुभव छ ।  अहिले चलाउन लागिएको ‘ब्रोडगेज’ रेलबारे नेपालसँग अनुभव नभएको हुँदा भारतीय प्राविधिक कर्मचारीमार्फत शुरुमा रेल सञ्चालन गरिने बताइएको छ ।    पहिलो चरणमा जनकपुरसम्म चल्ने रेल महोत्तरीको बिजलपुरासम्म चलाउने सरकारको योजना छ । जयनगरबाट आउने रेललाई ४ वर्षभित्र बर्दिवासमा पूर्व–पश्चिम रेलमार्गसँग जोडेर निजगढसम्म ल्याउने घोषणा सरकारले गरेको छ । रासस

जनकपुर–जयनगर रेल सञ्चालन हुँदै

काठमाडौँ । माघको अन्तिम सातादेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने भएको छ । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल्वे लिक, रेल्वे स्टेसन, सिग्नल लगायतका संरचना तयार भई भारतीय रेल्वे प्राविधिकद्वारा त्यसको परीक्षणसमेत भइसकेको जानकारी दिए । सो खण्डमा रेल सञ्चालन गर्न अब कुनै पनि प्राविधिक काम बाँकी नरहेको उनको भनाइ छ ।

जनकपुर–जयनगर रेल सञ्चालन हुँदै

माघको अन्तिम सातादेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने भएको छ । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल्वे लिक, रेल्वे स्टेसन, सिग्नल लगायतका संरचना तयार भई भारतीय रेल्वे प्राविधिकद्वारा त्यसको परीक्षणसमेत भइसकेको जानकारी दिनुभयो । सो खण्डमा रेल सञ्चालन गर्न अब कुनै पनि प्राविधिक काम बाँकी नरहेको उहाँको भनाइ छ ।

कोरोनाका कारण जनकपुर–जयनगर रेल चलाउने सरकारको तयारी अन्योलमा

चालू आर्थिक वर्षभित्रै सञ्चालनमा आउने भनिएको जनकपुर–जयनगर रेल सञ्चालन पछिल्लो समयमा आएर छायामा परेको छ ।