जयनगर कुर्था रेल्वेबारे सरकारले आवश्यक निर्णय लिए तत्काल सेवा सञ्चालन गर्ने सक्ने नेपाल रेल्वे कम्पनीले बताएको छ । जयनगर कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गत पुसमा नै रेल परीक्षण भइसकेको छ । यात्रु आवागमनको लागि भने रेल सञ्चालनमा आएको छैन ।यसै सन्दर्भमा नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले रेल्वे सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा भएकाले सरकारले चाहे तत्काल रेल सञ्चालन गर्न सक्ने बताएका हुन् । उनले रेल्वे सेवा सञ्चालन गर्ने विषयमा सरकार सकारात्मक रहेको