आफ्नै मलामी बने १३ जना: शोकमा डुब्यो कालिकोटको राचुल्ली

कालिकोट । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका –४ राँचुली गाउँमा मलामी गएका १३ जना बेपत्ता भएका छन् । शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलामीमा तिला नदी गएका वडाअध्यक्ष परबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर शाही सहित १३ जना सम्पर्कमा नआएको राँचुलीकी स्थानीय निर्मला शाहीले जानकारी दिइन् । राँचुलीमा मलामी गएकाहरु बेपत्ता भएको खबर […] The post आफ्नै मलामी बने १३ जना: शोकमा डुब्यो कालिकोटको राचुल्ली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

आलै छ, पहिरोले १३ जना मलामी लगेको घाउ

जुम्ला : कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा गत असोज २३ गते आएको बाढीपहिरोले १३ जना मलामी बगाएको घटनाले आलै छ। यो गाउँ अहिले पनि शोकमग्न छ। बाढीपछि विपत्‌का भग्नावशेष राजमार्ग छेउछाउमा अहिले पनि छन्।बाढीपहिरोले कर्णाली राजमार्गमा पर्ने राँचुली गाउँका १३ जना मलामी बगाएर बेपत्ता बनाएको थियो। खोला उजाड र सुक्खा छ। खोलाको पूर्वतिर सडक माथिपट्टि मलामी गएर बेपत्ता भएका २३ वर्षीय नरेश शाहीको घर छ। एक मात्रै छोरा मलामी जाँदा बेपत्ता भएपछि आमा पारु शाहीका आँखा अहिले पनि ओभाएका छैनन्।

शव जलाउदा जलाउँदै पहिरोमा पुरिएर १३ जना बेपत्ता, कोही भेटिएनन्

कालिकोट, असोज २५ । कर्णालीका विभिन्न जिल्लामा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। मुगुमा आठ जनाको मृत्यु भएको छ। कालिकोटमा बेपत्तामध्ये चार जनाको शव भेटिएको छ। कालिकोटमै मलामी गएका १३ जना बेपत्ता भएका छन्। तिलागुफा नगरपालिकास्थित राँचुलीमा मलामी गएकाहरू पहिरोमा परेका हुन्। यी घटना आइतबारको भए पनि सञ्चार सम्पर्क नहुँदा सोमबार सार्वजनिक भएको हो। तिलाकर्णाली […]

कालीकोट - पहिरोमा परेर वडाअध्यक्षसहित मलामी गएका १३ जना बेपत्ता भएकाे पुष्टि

काठमाण्डाै - कालीकोटमा मलामी गएका १३ जना बेपत्ता भएको  पुष्टि भएको छ । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार तिलागुफा नगरपालिका-४ राँचुली गाउँबाट मलामी गएका १३ जना पहिरोमा परेका हुन् ।‘१३ जना मलामी र लासलाई पहिरोले पुरेको छ’ उहाँले भन्नुभयो– ‘पहिरो सिधै तिला नदीमा खसेको छ । नदीमा बाढी आएकाले खोजी कार्यमा भने कठिनाइ भएको छ।’ अस्ति शनिवार ज्यान गुमाएका हेमराज शाहीको मलामी जाँदै गर्दा उनीहरु पहिरोमा परेका ह...

कालिकोट मलामी अपडेट: १५ मध्ये दुई जना भेटिए, बाँकी १३ काे खाेजिकार्य जारी

कालिकोट – जिल्लाको तिलागुफा नगरपालिका-४ राँचुली गाउँमा मलामी गएर नफर्किएका १५ जनामध्ये दुई जना सम्पर्कमा आएका छन् । शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलामीमा तिला नदीमा गएका वडाध्यक्ष परबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर शाहीसहित १३ जना मलामी सम्पर्कमा नआएको तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए। उनका अनुसार १५ जनामध्ये दुई जना […]

कालिकोटमा मलामी गएका १३ जना बेपत्ता भएको पुष्टि

काठमाडौं : कालिकोटमा मलामी गएका वडाअध्यक्षसहित १३ जना बेपत्ता भएका पुष्टि भएको छ। तिलागुफा ४ राँचुलीका युवक हेमराज शाहीको मलामी गएका वडाध्यक्ष परबहादुर शाही सहित १३ जना बेपत्ता भएका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए। माथिबाट पहिरो झरेर १५ जनालाई बगाएको खबर स्थानीयले दिएपछि प्रहरी आज बिहान घटनास्थलमा पुगेको हो।शर्माका अनुसार बेपत्ताहरु पहिरोसँगै बगेर तिला नदीमा खसेका आशंका गरिएको छ। प्रहरीले उनीहरुको खोजीकार्य जारी राखेको छ। राँचुली गाउँमाथिबाट आएको पहिरोले २

कालिकोटमा मलामी गएका वडाध्यसहित १३ जना बेपत्ता

काठमाडौं । कालिकोटमा मलामी गएका १३ जना बेपत्ता भएका छन्। आइतबार मलामी गएका तिलागुफा नगरपालिका वडा नम्बर ४ राँचुली गाउँका १३ जना बेपत्ता भएका हुन् । स्थानीय हेमराज शाहीको शव घाटमा लिएर गएका मलामीहरू बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालले नेपालप्रेसलाई बताए । उनले भने,’१३ जना बेपत्ता भएका छन् । जाेखिम क्षेत्रमा जनप्रतिनिधिसहित प्रहरी […]

कालिकोटमा शव जलाउँदै गर्दा पहिरो खसेर १३ जना मलामी बेपत्ता भएको पृष्टि

काठमाडौं, २४ असोज । मलामी गएका कालिकोटमा १३ जना बेपत्ता भएको पृष्टि भएको छ । तिलगुफा नगरपालिका राँचुली गाउँको हेमराज शाहीको अन्त्येष्टिको क्रममा पहिरो झरेपछि भाग्ने क्रममा १३ जना मलामी गएकाहरु हराएको बुझिएको छ । राँचुली गाउँमा पुनः पहिरोको जोखिम बढेपछि त्यहाँका २०४ घर खाली गराइएको छ । भने मौसम सुधार भएलगत्तै हेलिकोप्टरबाट उनीहरुलाई उद्धार […]

कालिकोटमा मलामी गएका १३ जना हराएको पुष्टि

२४ असोज, काठमाडौं । कालिकोटको तिलागुफा–४ राँचुलीमा मलामी गएका १३ जना बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आइतबार तिला नदी किनारमा लास जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामी गएकाहरुको भागाभाग भएको थियो । तिनैहरुमध्ये १३ जना हराएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । गाउँका अन्य घरहरु पनि पहिरोको […]

कालिकोटमा मलामी गएका १३ जना बेपत्ता

कालिकोटको तिलागुफामा मलामी गएका १३ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका–४ राँचुलीबाट १३ जना बेपत्ता भएको खबर आएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव प्रसाद श्रेष्ठले रातोपाटीलाई बताए । उनले भने–‘हराएको सूचना आएपछि घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ ।’ बेपत्ता भएकाहरु राँचुली गाउँका हुन् । शनिवार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

कालीकोटमा मलामी गएका १३ जना सम्पर्कविहीन, प्रहरी घटनास्थलतर्फ

कालीकाेटको तिलागुफा नगरपालिका– ४, राँचुलीमा मलामी गएका १३ जना सम्पर्कविहीन भएका छन् ।