रूसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ लागू गरेको घोषणा गरेको छ। ‘मैले रूसी महासंघ डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया गरी चार क्षेत्रमा मार्शल ल लागू गर्ने आदेशमा हस्ताक्षर गरेको छु’, टेलिभिजनमा प्रसारण भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पुटिनले भने।सम्बोधनपछि क्रेमलिनले एक निर्देशन जारी गर्दै बिहीबार बिहानदेखि सैनिक शासन लागू हुने जनाएको छ। मस्कोको कब्जामा रहेको क्षेत्रमा महिनौंदेखि युक्रेनी सेना अघि बढिरहेका ब