पार्टीबाट कारवाहीमा परेका जसपाका ४ प्रदेश सांसदको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
कोरोना महामारीका कारण सेवामा गरिएको कटौतीका कारण यसअघि दर्ता हुन नसकेको रिट आइतवार दर्ता भएको हो ।
सर्वोच्चको नियमित सेवा सुचारू भइनसकेपनि आइतवारदेखि संवैधानिक व्याख्या, मौलिक हकलगायतका मुद्दाहरूको सुनुवाइ शुरू भएको छ ।
सेवा शुरू भएलगत्तै जसपा सांसदहरूले आफूहरू माथिको कारवाही उत्प्रेषणको आदेश बदर गर्न माग गर्दै रिट दायर गरेका हुन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने क्रममा हस्त...