जनता समाजवादी पार्टी (जसपा)बाट कारवाहीमा परेका सांसदहरूले दायर गरेको रिट सर्वोच्च अदालतले फिर्ता गरिदिएको छ ।
पार्टीको निर्णयविपरीत मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा सहभागी ४ मन्त्रीलाई जसपाले कारवाही गरेको थियो ।
सो कारवाही उत्प्रेषणको आदेशले बदर गर्न माग गर्दै सन्तोषकुमार पाण्डेयसहित जसपाका ४ सांसद सर्वोच्च अदालत गएका थिए ।
कोरोनाका कारण बन्दी प्रत्यक्षीकरण र कोरना महामारीसँग सम्बन्धित रिट मात्र दर्ता गर्ने र सुनुवाइ गर्ने गरिएकाले नियमित कारवाही सुचारु भएका बेलामा आएमा कानूनबम...