अन्तर्राष्ट्रियस्तरको हिमालयन ट्राभल मार्टको चौथो संस्करण काठमाडौँमा सुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबारदेखि सुरु भएको मार्ट यही जेठ २६ गतेसम्म चल्नेछ । मार्टमा २५ मुलुकका चार सयभन्दा बढीको सहभागिता रहेको आयोजक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरले जनाएको छ । मार्टको एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको छ । …