चालू आर्थिक वर्ष २०७८/७९ मा भारततर्फको निर्यात १३८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ले भारततर्फको निर्यात उल्लेख्य रूपमा बढेको देखाएको हो ।चालू वर्षको पाँच महिना (साउन–मंसिर)मा निर्यात १०५ प्रतिशतले बढेको छ । समग्र निर्यात सुधारिँदा सबैभन्दा बढी भारततर्फको निर्यात सुधारिएको केन्द्रीय बैंकले जानकारी दिएको हो । भारततर्फको निर्यात १३८ प्रतिशतले बढ्दा अन्य मुलुकतर्फको निर्यात भने जम्मा २८ प्रतिशतले बढेको छ । चालू