द्वन्द्वग्रस्त यमनमा गत दुई महिनाको अवधिमा झण्डै ३२ हजार नागरिक विस्थापित भएका छन्। युद्धबाट पीडित भएर उनीहरूले आफ्नो घर छाडेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोगले जनाएको हाे। नियोगले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा यमनमा यस पहिले २० लाख सर्वसाधारण विस्थापित भएको उल्लेख गरिएको छ। नियोगका प्रवक्ता शाबी मन्टुले विद्रोहीहरुको प्रभाव परेको राजधानी सानामा द्वन्द्वको असर बढ्दै गएको बताएका छन्।…