मौद्रिक नीति सार्वजनिकपछि १०.६२ % घट्यो नेप्से, हाइड्रोपावर र वित्त समूहका लगानीकर्ताले धेरै गुमाए

काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछि नेप्से परिसूचक १० दशमलव ६२ प्रतिशत घटेको छ ।  मौद्रिक नीति सार्वजनिक भएको दिन गत साउन ७ गते बजार बन्द हुँदा नेप्से परिसूचक २ दशमलव ९२ प्रतिशत बढेर २ हजार २२७ दशमलव १६ विन्दुमा पुगेको थियो । त्यसको भोलिपल्टदेखि निरन्तरजसो घटिरहेको बजार गत बुधवार (भदौ १३ गते)सम्म १ हजार ९९० दशमलव ५९ विन्दुमा झरेको छ ।  किन निरुत्साहित बने लगानीकर्ता ? मौद्रिक नीतिमा शेयर धितो कर्जामा विद्यमान १५० प्रतिशतको जोखिमभार पुनरवलोकन गरिने भनियो । यस आधारमा लगानीकर्ताले जति रकमको शेयर धितो कर्जा लिए पनि सबैमा जोखिमभार घट्ने अनुमान लगाए । सोही कारण मौद्रिक नीति सार्वजनिक भएको दिन बजार बढेको थियो ।  तर, मौद्रिक नीति जारी गरेपछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले एक जना व्यक्तिका लागि ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जामा मात्र १०० प्रतिशत कायम हुने बताए । यही कारण लगानीकर्ता निरास बने । र, बजार घट्न थाल्यो ।   शेयर धितो कर्जामा जोखिमभारको व्यवस्थाप्रति निरास बनेका लगानीकर्तालाई भदौको बैंकको ब्याजदरले फेरि निरास बनायो । भदौको लागि केही वाणिज्य बैंकहरूले ब्याजदर बढाएका छन् । शेयर बजारमा लगानीकर्ता निरुत्साहित हुनुको यो अर्काे कारण रहेको विज्ञहरू बताउँछन् । त्यस्तै, वित्तीय प्रणालीमा पर्याप्त लगानीयोग्य रकम भए पनि कर्जाको माग नहुनु, महँगो ब्याजदर, बढ्दो खराब कर्जालगायत कारणले पनि बजार घटेको उनीहरूको भनाइ छ ।  सर्वाधिक गुमाउनेमा हाइड्रोपावर समूहका लगानीकर्ता यो अवधिमा सबैभन्दा बढी हाइडोपावर समूहका लगानीकर्ताले गुमाएका छन् । यस समूहको परिसूचक मौद्रिक नीति सार्वजनिक भएपछि १६ दशमलव ३१ प्रतिशत घटेको छ । साउन ७ गते यस समूहको परिसूचक २ हजार ४३४ दशमलव ८७ विन्दुमा रहेकोमा भदौ १३ गते २ हजार ३७ दशमलव ७१ विन्दुमा झरेको छ ।  सर्वाधिक गुमाउने कम्पनीको सूचीमा दोस्रोमा वित्त समूहको परिसूचक छ । उक्त समूहको परिसूचक १५ दशलमव १८ प्रतिशत घटेको छ । साउन ७ गते यस समूहको परिसूचक १ हजार ९८९ दशमलव ९३ मा रहेकोमा भदौ १३ गते १ हजार ६८७ दशमलव ८७ विन्दुमा झरेको छ ।  यो अवधिमा १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक भने २६ दशमलव १४ प्रतिशत वृद्धि भएको छ । साउन ७ गते यस समूहको परिसूचक १४ दशमलव ९६ रहेकोमा भदौ १३ गते बढेर १८ दशमलव ८७ पुगेको छ ।  म्युचुअल फण्डहरूले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्न थालेका छन् । सोही कारण पनि यस समूहको परिसूचक बढेको हो ।  स्रोत : नेप्से । 

सम्बन्धित सामग्री

८ दशमलव ११ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं : चालु आर्थिक वर्षको मौद्रिक नीति जारी भएको दिन गत आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक त्यसपछिका ३ दिन भने लगातार ओरालो लागेको छ।सोमबार र मंगलबार दोहोरो अङ्कको गिरावट देखिएको नेप्से परिसूचक आज (बुधबार) ८ दशमलव ११ अङ्कले घटेर २ हजार १५६ दशमलव २० अङ्कमा कायम भएको हो। आज २६० कम्पनीको ७३ लाख ९९ हजार ४७४ कित्ता शेयर ४२ हजार ७१४ पटक खरिद–बिक्री हुँदा २ अर्ब ४३ करोड २५ लाख ८ हजार ७६९ रुपैयाँ बराबरको कारोबार भएको छ।वित्त समूह १ दशमलव ६१, म्युचुअल फन्ड शून्य

४५ अंकले घट्यो नेप्से, ट्रेजरी बिलको ब्याजदर वृद्धि प्रभाव कि सामान्य करेक्सन ?

१० साउन, काठमाडौं । मौद्रिक नीतिपछि लगातार दुई दिनसम्म उच्च अंकले वृद्धि भएको नेप्सेमा साताको तेस्रो कारोबार दिन भने गिरावट भएको छ । गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्नु अगाडि घटेर बन्द भएको नेप्से मौद्रिक नीतिपछि आइतबार र सोमबार भने उच्च वृद्धि भएको थियो । दुई कारोबार दिनमा नै ११५ अंकले बढेको नेप्सेमा […]

२ दिनको वृद्धिपछि ४४.८० अंकले घट्यो नेप्से सूचक: शिवम् सिमेन्टको कारोबार उच्च

आज मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ४४.८० अंकले घटेर २०८८.१६ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका २२२ कम्पनीका ८७ लाख ४० हजार ५ सय ५१ कित्ता शेयर खरिद बिक्रिबाट ३ अर्ब ७० करोड ४९ लाक्ज ९८ हजार ३ सय ९८ रुपैयाँ २४ पैसाको कारोबार भएको छ । जस मध्ये शिवम् सिमेन्टको सबैभन्दा धेरै १९ करोड ३६ लाख, अरुण काबेली पावरको १५ करोड ५७ लाख, अरुण भ्याली हाइड्रोको १० करोड २४ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ८० लाख तथा राधि विद्युत कम्पनीको ८ करोड ३५ लाख बराबरको कारोबार भएको छ ।आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । आज मल्टीपर्पोज फाइनान्सको शेयर मूल्य सर्वाधिक ९.३२ प्रतिशतले बढेको छ भने सुर्योदय वोमी लघुवित्तको शेयर मूल्य ६.७२ प्रतिशतले बढेको छ । त्यस्तै युनाइटेड मोदी हाइड्रोको शेयर मुल्य ६.१९ प्रतिशतले बढेको छ भने समृद्धि फाइनान्सको शेयर मूल्य ३.२३ प्रतिशतले बढेको छ । आज गणपति लघुवित्तको शेयर मूल्य सर्बाधिक ६.८२ प्रतिशतले, रिभर फल्स पावरको शेयर मूल्य ५.९९ प्रतिशत, सबैको लघुवित्तको शेयर मूल्य ५.२३ प्रतिशत, तथा पोखरा फाइनान्सको शेयर मूल्य ५.१० प्रतिशत घटेको छ।मौद्रिक नीति सार्वजनिक भएको २ दिन नेप्से सूचक् बढेपनि आज तेस्रो दिनमा  बजारमा गिरावट आएको हो । मौद्रिक नीति शुक्रबार आएकोमा  आइतबार शेयरबजार परिसूचक नेप्से ६१.०५ अंक अर्थात् ३.०३ प्रतिशतले बढेर २०७८.५१ को बिन्दुमा पुगेर रोकिएको थियो ।  त्यस्तै सोमबार सूचक  ५४.४५ अंकले बढेर २१३२.९६ को बिन्दुमा पुगेर रोकिएको थियो । आज मंगलबार भने सूचक  ४४.८० अंकले घटेको हो ।

मौद्रिक नीति अगाडि २६ अंकले घट्यो नेप्से

६ साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशतभन्दा माथिले गिरावट भएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले मौद्रिक नीति स्वीकृत गर्दै सार्वजनिक गर्ने तयारी गरिरहँदा सेयर बजारमा भने गिरावट भएको छ । केन्दि्रय बैंकले मौद्रिक नीतिमा थप कडाई गर्ने आशंकामा रहेका लगानीकर्ताहरुको मनोविज्ञान कमजोर बन्दै जाँदा नेप्से घटेको […]

मौद्रिक नीति समीक्षामा ब्याजदर बढ्ने संकेतले दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । शुक्रबार नेप्से १५.८२ अंकले गिरावट भएर  २२२३.७८ अंकमा बन्द भएको छ ।  नेप्से घट्दा होटेल तथा पर्यटन उपसूचकबाहेक सबै उपसूचकमा गिरावट भएको छ ।    नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर...

बुधवार १.५५ % घट्यो नेप्से : खानीखोला हाइड्रोपावरको शेयरमूल्यमा उच्च गिरावट

भदौ ९, काठमाडौं । बुधवार नेप्से परिसूचक १ दशमलव ५५ प्रतिशत घटेर बन्द भएको छ ।  मंगलवार १ दशमलव ७६ प्रतिशत घटेर ३ हजार १२४ दशमलव ८७ विन्दुमा बन्द भएको बजार बुधवार पनि ४८ दशमलव ४२ अंक घटेर ३ हजार ७६ दशमलव ४४ विन्दुमा झरेको हो । यस दिन सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ६७ प्रतिशत अर्थात् ९ दशमलव ६७ अंक घटेर ५६७ दशमलव ९९ विन्दुमा झरेको छ । मंगलवार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि सार्वजनिक गरेको एकीकृत निर्देशनमा मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा एक वर्ष भित्र रू. १२ करोडमा झार्न भनेसँगै बुधवार पनि बजार प्रभावित बनेको हो ।  राष्ट्र बैंकले भदौ ८ गते सार्वजनिक गरेको मौद्रिक नीतिले गरेको रू. १२ करोड सम्मको मार्जिन कर्जाको सीमा परिमार्जन हुने विश्वास लगानीकर्ताहरुले गरेका थिए । नेपाल सरकार अर्थमन्त्रालयमार्फत लगानीकर्ता संघका पदाधिकारीहरुले मार्जिन कर्जा रकमको सीमाको विषय परिमार्जन गर्नुपर्ने माग गरेका थिए ।  मार्जिन कर्जा रकमको सीमाले बजार प्रभावित हुने देखिएमा उक्त व्यवस्था परिमार्जन गर्न सुझाव दिन प्रतिक्रिया अर्थमन्त्रालयबाट पनि प्राप्त गरेका लगानीकर्ताहरु सो व्यवस्था परिमार्जन नभएपछि निराश बनेको बताएका छन् ।  बुधवार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । मंगलवार रू. १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार बराबरको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर कारोबार भएकोमा बुधवार रू. १२ अर्ब ९ करोड २१ लाख ३ हजार बराबरको १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयर कारोबार भएको हो ।  यस दिन अरुण काबेली पावरको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । कम्पनीको रू. ४८ करोड ७१ लाख ५ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको यस कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता रू. ११ दशमलव ४० ले बढेर अन्तिम मूल्य रू. ७८८ दशमलव ९० पुगेको छ । प्रतिकित्ता रू. ७७७ मा खुला भएको अरुण काबेली पावरको शेयरमूल्य यो दिन न्यूनतम रू. ७४५ देखि अधिकतम रू. ८२१ सम्म पुगेको थियो । बुधवार कारोबारमा आएका सबै समूहगत परिसूचकहरु घटेका छन् । यस दिन जीवन विकास लघुवित्त र आईसीएफसी फाइनान्सको शेयरमूल्य उच्च दरमा बढेको छ । जीवन विकास लघुवित्तको १० प्रतिशत र आईसीएफसी फाइनान्सको ९ दशमलव ९९ प्रतिशत मूल्य वृद्धि भएको हो ।  यस दिन खानीखोला हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ९ दशमलव ९८ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३९ दशमलव ६० ले घटेर अन्तिम मूल्य रू. ३५७ दशमलव ३० कायम भएको हो ।