साउन १८, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको पौने तीन घण्टाको अवधिमा कारोबारमा आएका २२३ ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ ।
उक्त अवधिसम्ममा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी,जीवन विकास लघुवित्त वित्तीय संस्था, सिद्धार्थ इक्विटी फण्ड, एनआईसी एशिया ब्यालेन्स फण्ड र सिटीजन्स म्युचुअल फण्ड १ को इकाईमा उच्च खरीद माग रहेको हो ।
ती पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी यूनियन लाइफ इन्स्योेरेन्स कम्पनीको शेयरमा सर्वाधिक शेयर खरीद माग रहेको छ । उक्त कम्पनीको शेयरमा १५ लाख ८१ हजार १५५ कित्ता शेयर खरीद माग रहेको छ ।
कम्पनीको शेयर दोस्रो बजारमा सोमवारदेखि कारोबारमा आएको हो । सोही कारणले गर्दा कम्पनीको शेयरमा सर्वाधिक शेयर खरीद माग रहेको हो ।
त्यसैगरी उक्त अवधिसम्ममा जीबन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमा ७ लाख ८४ हजार ५३३कित्ता, सिद्धार्थ इक्विटी फण्डको ७ लाख ३५ हजार ५७० इकाई, एनआईसी ब्यालेन्स फण्डको ६ लाख २७ हजार ३०० इकाई र सिटीजन्स म्युचुअल फण्ड १ को ३ लाख ८४ हजार ८८० इकाई खरीद माग रहेको छ ।