सदरमुकाम गमगढीमा एक सातादेखि खानेपानी हाहाकार भएको छ । स्थानीय जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्याउँदा सदरमुकाम गमगढी अँध्यारोमा छ । झयारीदेखि गमगढीसम्मको १७ किलोमिटर खानेपानी पाइपलाइनमध्ये बाढी पहिरोले २ किलोमिटर पाइपलाइन बगाएपछि सदरमुकाममा खानेपानीको हाहाकार भएको हो ।