पाइपलाइन बिग्रिएपछि कुस्मा बजारमा खानेपानी हाहाकार

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा वितरण गर्ने पानीको पाइप लाइनमा आएको समस्याका कारण बजारमा पानीको अभाव भएको छ।कुश्मा बजारमा मोदी गाउँपालिकामा रहेको पातीखोला र कुश्मा नगरपालिकाको क्यादी खोलाबाट पानीको आपूर्ति हुँदै आएको छ। वर्षाका कारण खोलामा आएको बाढी र पहिरोका कारण पाइप लाइनमा भएको क्षतिका कारण पानीको आपूर्ति बन्द भएको छ।बजारको पानी व्यवस्थापनको काम गर्दै आएको शिवालय कुश्मा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कार्यालय प्रमुख ज्योतिन्द्र पौडेलका अनुसार आइतबारदेखि नै ती दुवै ठाउँबाट आउने पान

सम्बन्धित सामग्री

बाढीपहिरोले खानेपानी हाहाकार

सदरमुकाम गमगढीमा एक सातादेखि खानेपानी हाहाकार भएको छ । स्थानीय जलविद्युत् आयोजनामा बाढीले क्षति पु‍र्‍याउँदा सदरमुकाम गमगढी अँध्यारोमा छ । झयारीदेखि गमगढीसम्मको १७ किलोमिटर खानेपानी पाइपलाइनमध्ये बाढी पहिरोले २ किलोमिटर पाइपलाइन बगाएपछि सदरमुकाममा खानेपानीको हाहाकार भएको हो ।