काकाकुल दगातुम्डाँडावासीका घर घरमा धारा

बागलुङ : केही समय अगाडिसम्म बडिगाड गाउँपालिका वडा नम्बर २ दगातुम्डाँडामा खानेपानीको चरम समस्या थियो। खानेपानीको अभावले स्थानीयले विभिन्न समस्याहरु खेप्नु परेको थियो।अहिले घर–घरमा चिटिक्कका धारा बनेका छन्। घरमै धारो बनेर पानी आउन थालेपछि गाउँले हर्षित भएका छन्। खानेपानी अभावमा काकाकुल बनेका स्थानीयले अब धित मर्ने गरि पानी पिउन पाउने भएका छन्।यस वडामा ‘एक घर एक धारा’ कार्यक्रम संचालन भइरहेको छ। योजनाको काम पनि अन्तिम चरणमा पुगेको नेपाल स्वास्थ्यका लागि पानी (नेवा)

सम्बन्धित सामग्री

मरिणका एक सय तीन घरमा खानेपानीको धारा

सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिका–३ चनौटेका स्थानीयवासीको घर–घरमा खानेपानीको धारा विस्तार भएको छ । दरबार लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भएसँगै यहाँका एक सय तीन घरमा खानेपानीको सुविधा भएको हो । वर्षौँदेखि खानेपानीको निकै सास्ती खेप्दै आएका चनौटेवासी घर–घरमा धारा विस्तार भई यसै सातादेखि खानेपानीको सेवा प्रवाह भएपछि खुसीले दङ्ग छन् । स्थानीय […]

पूर्वखोला गापामा दुई वर्षभित्र सबै घरमा धारा पुर्याइने

पाल्पा : जिल्लाको पूर्वखोला गाउँपालिकाले अबको दुई वर्षमा सबै घरमा पानीको धारा पुर्‍याउने निर्णय गरेको छ।बिहीबार पहिलो पटक बसेको गाउँकार्यपालिका बैठकले आगामी दुई वर्षमा यहाँका सबै घरपरिवारमा पानीको धारा पुर्‍याउने निर्णय गरेको अध्यक्ष नुनबहादुर थापाले बताए। उनका अनुसार यहाँ करिब ४ हजार घरपरिवार छन्। अहिलेसम्म ७० प्रतिशत घरमा पानीको धारा पुगिसकेको छ। बाँकी घरमा दुई वर्षभित्र पानीको धारा पुग्नेछ।अब बस्ने गाउँसभाबाट पर्याप्त बजेटको व्यवस्था गरेर खानेपानी योजना तीव्र रूपमा अगाडि बढाइने थापाले

घरमा धारा छ, पानी आउदैन

डडेल्धुरा । गत असारमा काम सम्पन्न गर्नेगरी काम सुरु गरिएको एकघर एकधारा पोखरा खानेपानी योजना अलपत्र परेको छ । २०७८ साल असार २० गते काम सम्पन्न गर्नेगरी २०७६ साल मंसिर १३ गते योजनाको सम्झौता भएको थियो । तर, काम सम्पन्न गर्ने मिति भन्दा झन्डै एक वर्ष बढी हुँदासम्म काम सम्पन्न हुन सकेको छैन । उपभोक्ता […] The post घरमा धारा छ, पानी आउदैन appeared first on राजधानी राष्ट्रिय दैनिक.

घर-घरमा धारा पुगेपछि खुसीले दंग छन् सिर्पाबासी

सल्यान : जिल्लाको बागचौर नगरपालिका–५ सिर्पाका घर घरमा खानेपानीका धारा पुगेसँगै यहाँका स्थानीय खुसीले दंग बनेका छन्।अव्यवस्थित रहेको खानेपानीलाई व्यवस्थित गरी घरघरमा धारा जडान गरिएको सिर्पा खानेपानी तथा जलवायु अनुकूलन कार्यक्रममा अध्यक्ष शेरबहादुर वलीले बताए।अव्यवस्थित सामुदायिक खानेपानीका धारा रहेको  क्षेत्रमा घर घरमै धारा जडान भएपछि स्थानीयमा खुसियाली छाएको उनको भनाइ छ ।घरघरमा धारा आएपछि सामुदायिक धारामा पानी भर्न लाइनमा बस्नुपर्ने बाध्यता हटेको, समयको बचत र बालबालिकाले पानी ल्याउने

१०८ घरमा ‘एक घर–एक धारा’ जडान

वालिङ । यहाँका १०८ घरमा एक घर एक धारा जडान गरिएको छ । लामो समयदेखि खानेपानीको समस्यामा गुजारा चलाइरहेका वालिङ–५ मजकोटमा बोहोरीखोला मजकोट लिफ्टिङ खानेपानी योजनामार्फत घर घरमा पानी पुगेको हो । विभिन्न चरणमा वालिङ नगरपालिकाबाट विनियोजन भएको रु ५० लाखको लागतमा योजना सम्पन्न गरी प्रत्येक घरमा धारा जडान गरी खानेपानी वितरण गरिएको वालिङ नगरपालिकाका […]

१५७ घरमा ‘एक घर, एक धारा’

लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँका प्रत्येक घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ ।स्याङ्जाको कालिगण्डकी गाउँपालिका–२ को लसर्घा बेंसीका १५७ घरमा धारा निर्माण भएसँगै खानेपानीको पहुँच पुगेको हो । कालिगण्डकी गाउँपालिकाको रु २८ लाख २० हजार ३५९ र प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १० लाख गरी कुल ३८ लाख २० हजार ३५९ को लागतमा […]

अर्घाखाँचीको मालारानी गाउँपालिकामा घर-घरमा पुग्यो खानेपानीको धारा

बुटवल : ‘एक घर एक धारा’ अभियानले अर्घाखाँचीको मालारानी गाउँपालिका गाउँबस्तीमा सार्थकता पाउँदै गएपछि स्थानीयमा खुसीयाली छाएको छ। घर-घरमा धारा पुगेपछि घण्टौँ धाएर खानेपानी ल्याउनु पर्ने बाध्यता हल भएपछि गाउँले खुसीले गदगद भएका हुन्। पछिल्लो २ वर्षमा मात्र मालारानीका झन्डै पन्ध्र सय स्थानीयको घरमा धारा जडान गरिएको मालारानी गाउँपालिकाका अध्यक्ष…

वालिङका एक सय घरमा धारा जडान

७ भदौ, वालिङ । व्यवस्थित र शुद्ध खानेपानीको अभाव झेल्दै आएका स्याङ्जाको वालिङका बासिन्दाले घर–घरमा खानेपानीको धारा जडान गरिएपछि राहत महसुस गरेका छन् । वालिङ नगरपालिका–२ का राक्से, सिमलचौपारी र फुटेढुंगाका एक सय घरधुरीमा एक घर, एक धारा निर्माण गरिएसँगै खानेपानीको सहजता भएको हो । नगरपालिकाको ३२ लाख ५० हजार र स्थानीय उपभोक्ताबाट नौ लाख […]

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका प्रत्येक घरमा धारा जडान गरिँदै

२४ साउन, गोरखा । भौगोलिक रुपमा विकट रहेको गोरखाको चुमनुव्री गाउँपालिकाका प्रत्येक घरमा धारा जडानको काम भइरहेको छ । गण्डकी प्रदेश सरकारको उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय अन्तर्गत रहेको खानेपानी तथा सरसफाइ डिभिजिन कार्यालय गोरखाले उक्त गाउँपालिकाका प्रत्येक घरधुरीमा धारा जडानको काम गरिरहेको छ । गण्डकी सरकारको एक घर एक धारा अभियान अन्तर्गत उत्तरी क्षेत्रको […]

कुमाख डाँडाकटेरीका घरघरमा धारा, स्थानीय हर्षित

सल्यान : घरघरमा खानेपानीको धारा आएपछि कुमाख गाउँपालिका–२ डाँडाकटेरीका स्थानीयवासीमा खुशीयाली छाएको छ। उनीहरुको आघा घण्टाको बाटोमा हिँडेर पानी बोक्नुपर्ने बाध्यता पनि हटेको छ।घर घरमा धारा आएपछि विगतमा पानी बोक्दाको पीडा अहिले दूर भएको  ६० वर्षीया टिकादेवी चन्द बताउँछिन्। ‘६० वर्षको उमेरपछि घरमै धारा देख्न पाइयो,’ उनले भनिन्, ‘पानी बोक्दाबोक्दा ढाडको छाला बाक्लो भइसकेको थियो। अहिले खुशी लागेको छ।’घर घरमा धारा निर्माण भएपछि सबैभन्दा सहज गृहिणीलाई भएको स्थानीय ४५ व