उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका प्रत्येक घरमा धारा जडान गरिँदै

२४ साउन, गोरखा । भौगोलिक रुपमा विकट रहेको गोरखाको चुमनुव्री गाउँपालिकाका प्रत्येक घरमा धारा जडानको काम भइरहेको छ । गण्डकी प्रदेश सरकारको उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय अन्तर्गत रहेको खानेपानी तथा सरसफाइ डिभिजिन कार्यालय गोरखाले उक्त गाउँपालिकाका प्रत्येक घरधुरीमा धारा जडानको काम गरिरहेको छ । गण्डकी सरकारको एक घर एक धारा अभियान अन्तर्गत उत्तरी क्षेत्रको […]

सम्बन्धित सामग्री

हरिगाउँका ४३ घरमा धारा जडान स्थानीयलाई राहत

लमजुङ  ।  पूर्वी लमजुङको दोर्दी गाउँपालिका वडा-६ हरिगाउँका ४३ घरमा एक घर एक धारा जडान भएको छ । उक्त क्षेत्रमा विद्यमान खानेपानी समस्या हल गर्न गोर्खा वेल्यफेयर ट्रष्टको सहयोगमा एक घर, एक धार खानेपानी आयोजना निर्माण गरिएको हो । आयोजना अन्त्रगत उक्त गाउँका ४२ घरधुरी र एक सामुदायिक भवनमा शुद्ध खानेपानीका लागि एक घर एक […]

घर-घरमा धारा पुगेपछि खुसीले दंग छन् सिर्पाबासी

सल्यान : जिल्लाको बागचौर नगरपालिका–५ सिर्पाका घर घरमा खानेपानीका धारा पुगेसँगै यहाँका स्थानीय खुसीले दंग बनेका छन्।अव्यवस्थित रहेको खानेपानीलाई व्यवस्थित गरी घरघरमा धारा जडान गरिएको सिर्पा खानेपानी तथा जलवायु अनुकूलन कार्यक्रममा अध्यक्ष शेरबहादुर वलीले बताए।अव्यवस्थित सामुदायिक खानेपानीका धारा रहेको  क्षेत्रमा घर घरमै धारा जडान भएपछि स्थानीयमा खुसियाली छाएको उनको भनाइ छ ।घरघरमा धारा आएपछि सामुदायिक धारामा पानी भर्न लाइनमा बस्नुपर्ने बाध्यता हटेको, समयको बचत र बालबालिकाले पानी ल्याउने

१०८ घरमा ‘एक घर–एक धारा’ जडान

वालिङ । यहाँका १०८ घरमा एक घर एक धारा जडान गरिएको छ । लामो समयदेखि खानेपानीको समस्यामा गुजारा चलाइरहेका वालिङ–५ मजकोटमा बोहोरीखोला मजकोट लिफ्टिङ खानेपानी योजनामार्फत घर घरमा पानी पुगेको हो । विभिन्न चरणमा वालिङ नगरपालिकाबाट विनियोजन भएको रु ५० लाखको लागतमा योजना सम्पन्न गरी प्रत्येक घरमा धारा जडान गरी खानेपानी वितरण गरिएको वालिङ नगरपालिकाका […]

स्याङ्जाका तीन हजार ३०६ ओटा घरमा ‘एक घर–एक धारा’ जडान

भदौ २६, वालिङ । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका स्याङ्जाका प्रत्येक घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार ३०६ घरमा धारा निर्माण भएसँगै खानेपानीको पहुँच पुगेको हो । यहाँको मुख्य समस्याका रुपमा रहेको खानेपानी व्यवस्थापनका लागि गाउँपालिकाले नीति, योजना र बजेट विनियोजन गरेपछि घरघरमा धारा जडान भएको हो ।  गाउँपालिकाले प्रदेश र संघीय सरकारको साझेदारी तथा विभिन्न दातृ निकायको सहयोगमा यहाँको मुख्य समस्याका रुपमा रहेको खानेपानीको व्यवस्थापन गरिएको गाउँपालिकाका खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रम (वास) संयोजक भागिरथ अधिकारीले जानकारी दिए । गाउँपालिकाभित्र रहेका प्रायःजसो बस्तीहरुभन्दा तल्लो भागमा पानीका स्रोतहरु भएका कारणले गर्दा पनि यहाँका बासिन्दा खानेपानीको समस्याबाट पीडित हुँदै आएका थियो । गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि खानेपानी योजनाहरु सञ्चालन गरेर समस्याको समाधानतर्फ लागेको संयोजक अधिकारीको भनाइ छ ।  उनका अनुसार सातओटा वडामा आव २०७६/७७ को अन्तिमसम्ममा २२ ओटा खानेपानी योजनमार्फत दुई हजार १२६ घरधुरीमा खानेपानी विस्तार गरिएको थियो । आव २०७७/७८ मा आठओटा योजनामार्फत एक हजार १८० घरधुरी गरी कुल ३० ओटा खानेपानी योजना सम्पन्न गरी कुल तीन हजार ३०६ घरधुरीमा ‘एक घर–एक धारा’ जडान गरी खानेपानीको पहुँच पुर्‍याइएको छ ।  चालु आव २०७८/७९ मा १७ ओटा खानेपानी योजना सञ्चालनका क्रममा रहेका गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । उनका अनुसार उक्त योजनाबाट बाँकी रहेका एक हजार ७११ घरधुरी लाभान्वित हुने र सिंगो गाउँपालिकाका प्रत्येक घरमा धारा जडान गरी खानेपानीको सहजता हुनेछ ।  छोटो समयमै खानेपानीको समस्या समाधान गर्ने कार्यमा पालिकासँगसँगै स्थानीयवासीको पनि उत्साहजनक लागत सहभागिता रहेको अध्यक्ष थापाको भनाइ छ ।  ‘समृद्ध गाउँपालिका, सुखी नागरिक’ को मर्मलाई आत्मसात् गर्दै गाउँपालिकाले नागरिकका समस्यालाई केन्द्रमा राखेर नीति निर्माण गर्ने र त्यसको कार्यान्वयनमा जोड दिँदै आएअनुरुप खानेपानी तथा सिँचाइका लागि पानीको स्रोत व्यवस्थापन गरी वितरण गर्दै आएको छ ।  गाउँपालिकामा निर्माण सम्पन्न भएका ३० खानेपानी योजनमध्ये वडा नं १ मा जरुवा लिफ्टिङ खानेपानी योजना सबैभन्दा ठूलो योजना रहेको छ भने वडा नं २ मा सबैभन्दा सानो कुटगन दाउन्ने खानेपानी योजना रहेको छ । करेकुवा योजनाअन्तर्गत ३७५ घरधुरी लाभान्वित छन् भने कुटगन योजनाअन्तर्गत ६ घरधुरी लाभान्वित भएका वास संयोजक अधिकारीले जानकारी दिए ।  यसैगरी लामो समयदेखि खानेपानीको समस्या झेल्दै कालीगण्डकी गाउँपालिका–२ को लसर्घा बेँसीका १५७ घरमा धारा निर्माण भएसँगै खानेपानीको पहुँच पुगेको छ । गाउँभन्दा दुई किलोमिटर टाढा रहेको तातोपानी मूलबाट पानी ल्याई गाउँभन्दामाथि रहेको माझटोलमा ट्यांकी निर्माण गरी सोहीमार्फत् गाउँका प्रत्येक घरमा वितरण गरिएको संयोजक अधिकारीको भनाइ छ ।   मगर समुदायको बसोबास रहेको स्याङ्जाको सुदूरपश्चिम गुल्मी तथा पाल्पाको सिमानासँग जोडिएको लसर्घा बेसीका नागरिकले स्थानीय ठाउँमा रहेका पानीको स्रोत कुवा, खोल्साखोल्सीका खानेपानीबाट तिर्खा मेट्दै आएका थिए । ‘यो योजना आउनभन्दा पूर्वको समयमा कुवा र खोल्साखोल्सीबाट पानी गाग्रीमा बोकेर खानुपर्ने बाध्यता थियो’, अध्यक्ष थापाले भने, ‘त्यो पनि पर्याप्त थिएन, घण्टौँसम्म लाइनमा बस्नुपथ्र्यो, शुद्ध थिएन तर नखाई नहुने स्थिति थियो ।’ घरघरमै खानेपानीको धारा जडान भएपछि जतिबेला पनि पानीको सहज पहुँच पुगेकाले पिउनदेखि गाईभैँसी तथा करेसाबारीमा पनि प्रयोग गर्न सकिने भएको अध्यक्ष थापाको भनाइ छ ।  प्रत्येक घरमा मिटर जडान गरिएको छ भने मर्मत तथा पानी खोल्ने बन्द गर्नका लागि दुई जना कर्मचारी राखिएको छ । ‘खानेपानीको जोहो गर्नका लागि गाग्री लिएर टाढा रहेको कुवामा जानुपर्ने बाध्यता हटेको छ’, उनले भने, ‘घरघरमै धारा जडान भएर चौबिसै घण्टा पानी आउन थालेपछि यहाँका बासिन्दालाई सहज र सुविधा भएको छ, आँगनमै पानीको पहुँच पुगेपछि स्थानीयवासी हर्षित भएका छन् ।’ रासस

१५७ घरमा ‘एक घर, एक धारा’

लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँका प्रत्येक घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ ।स्याङ्जाको कालिगण्डकी गाउँपालिका–२ को लसर्घा बेंसीका १५७ घरमा धारा निर्माण भएसँगै खानेपानीको पहुँच पुगेको हो । कालिगण्डकी गाउँपालिकाको रु २८ लाख २० हजार ३५९ र प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १० लाख गरी कुल ३८ लाख २० हजार ३५९ को लागतमा […]

स्याङ्जाको लसर्घा बेँसीका १५७ घरमा ‘एक घर, एक धारा’

वालिङ – लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँका प्रत्येक घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका–२ को लसर्घा बेँसीका १५७ घरमा धारा निर्माण भएसँगै खानेपानीको पहुँच पुगेको हो। कालीगण्डकी गाउँपालिकाको २८ लाख २० हजार ३५९ र प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १० लाख गरी कुल ३८ लाख २० हजार ३ सय ५९ […]

अर्घाखाँचीको मालारानी गाउँपालिकामा घर-घरमा पुग्यो खानेपानीको धारा

बुटवल : ‘एक घर एक धारा’ अभियानले अर्घाखाँचीको मालारानी गाउँपालिका गाउँबस्तीमा सार्थकता पाउँदै गएपछि स्थानीयमा खुसीयाली छाएको छ। घर-घरमा धारा पुगेपछि घण्टौँ धाएर खानेपानी ल्याउनु पर्ने बाध्यता हल भएपछि गाउँले खुसीले गदगद भएका हुन्। पछिल्लो २ वर्षमा मात्र मालारानीका झन्डै पन्ध्र सय स्थानीयको घरमा धारा जडान गरिएको मालारानी गाउँपालिकाका अध्यक्ष…

वालिङका एक सय घरमा धारा जडान

७ भदौ, वालिङ । व्यवस्थित र शुद्ध खानेपानीको अभाव झेल्दै आएका स्याङ्जाको वालिङका बासिन्दाले घर–घरमा खानेपानीको धारा जडान गरिएपछि राहत महसुस गरेका छन् । वालिङ नगरपालिका–२ का राक्से, सिमलचौपारी र फुटेढुंगाका एक सय घरधुरीमा एक घर, एक धारा निर्माण गरिएसँगै खानेपानीको सहजता भएको हो । नगरपालिकाको ३२ लाख ५० हजार र स्थानीय उपभोक्ताबाट नौ लाख […]

तनहुँको मिर्छुलुङका घर–घरमा धारा

तनहुँको भीमाद नगरपालिका–५ मिर्छुलुङका घर–घरमा धारा जडान भएपछि स्थानीयवासी खुशी भएका छन् ।खानेपानीको सास्ती खेप्दै आएका यहाँका स्थानीयवासी घरमै धारा जडान भएपछि खुशी भएका हुन् । धरादीको मूलबाट सोलार प्रविधिमार्फत मिछुर्लुङका ७२ घरमा धारा जडान गरिएको उपभोक्ता समितिका अध्यक्ष बाबुराम रानाले जानकारी दिए । &...

अर्चलबोटका एक सय ४५ घरमा धारा जडान

वर्षौँदेखि खानेपानी समस्या भोग्दै आएका लमजुङ दोर्दी गाउँपालिका– २ अर्चलबोटमा घरैपिच्छे धारा जडान भएपछि