विवादबीच सकियो क्यानको बोर्ड बैठक, उपाध्यक्ष सिंहलाई स्पष्टीकरणदेखि अप्सरीलाई कारबाहीसम्मका निर्णय

नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले विभिन्न १३ निर्णय गरेको छ। बिहीबार बसेको बोर्ड बैठकपछि टी–२०

सम्बन्धित सामग्री

कक्षा १२ को नतिजा सार्वजनिक गर्न बोर्ड बैठक बोलाइयो

कक्षा १२ को नतिजा प्रकाशित गर्न बोर्ड बैठक बोलाइएको छ । शुक्रबार अपराह्न साढे ४ बजेका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाईएको हो । परीक्षा नियन्त्रक कृष्ण शर्माले सम्पूर्ण तयारी पूरा भएको र बोर्ड बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक गरिने बताए।यस पटक नन ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिँदैछ । त्यसका लागि सैद्धान्तिकतर्फको छुट्टै नम्बर र प्रयोगात्मकको छुट्टै नम्बर राखिनेछ । दुवैतर्फको नम्बर जोडेर विद्यार्थीलाई लेटर ग्रेटिङ सिस्टममा समावेश गरिने परीक्षा नियन्त्रक शर्माले बताए ।&nb

एसईई नतिजा सार्वजनिक गर्न बोलाइयो बोर्ड बैठक, यसरी हेर्न सकिन्छ नतिजा

११ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुँदै छ । नतिजा सार्वजनिक गर्ने निर्णय गर्न आज दिउँसो २ बजे बोर्डको बैठक बोलाइएको छ । परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा आज सार्वजनिक हुने जानकारी दिए । उनले भने, ‘हामी अन्तिम तयारीमा छौं । नतिजा बुधबार आउँछ ।’ शैक्षिक सत्र २०७६ र २०७७ […]

तीन वर्षपछि बस्यो राखेप बोर्ड बैठक, प्राथमिकतामा राष्ट्रिय खेलकुद

काठमाडौंः राष्ट्रिय खेलकुद परिषद (राखेप) को तीन वर्षपछि बोर्ड बैठक सम्पन्न भएको छ। बोर्डको ११२औँ बैठकले जेठमा तय गरिएको नवौँ राष्ट्रिय खेलकुद र १९औँ एसियाली खेलकुदको तयारीबारे केन्द्रित भएको सदस्यसचिव टंकलाल घिसिङले बताए। आठौँ राष्ट्रिय खेलकुदमा समावेश ३५ खेलसहित ३८ वटा खेल आयोजना गराउने बोर्डले निर्णय गरेको घिसिङले बताए। जसमध्ये…

राखेपको बोर्ड बैठक सुरु

काठमाडौं :  राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक सुरु भएको छ।सिंहदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा अहिले बैठक सुरु भएको छ। राखेपको बोर्ड बैठक तीन वर्ष देखि बस्न नसकेको अवस्थामा आज पहिलो पटक बैठक बसेको हो। राखेप सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले राखेपको बोर्ड बैठक शुक्रबारका लागि बोलाएका थिए।खेलकुद मन्त्री महेश्वर जंग गहतराजको अध्यक्षता बसिरहेको बैठकले नवौं राष्ट्रिय खेलकुद र १९ औं एसियन गेम्सको सहभागीताको विषय गरि मुख्य २ प्रस्ता

अदालतबाट पुनर्बहाली भएका सदस्यलाई राखेप बोर्ड बैठकमा बोलाइएन

८ वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले उच्च अदालतबाट पुनर्स्थापित सदस्यलाई सहभागी नगराई बोर्ड बैठक गर्ने भएको छ । ऐन अनुसार बोर्ड सदस्यलाई एक साताभित्र बैठकको मितिबारे लिखित जानकारी गराउनुपर्छ । तर राखेपले भोलि शुक्रबार बस्ने बोर्ड बैठका बारेमा उच्च अदालतबाट पुनर्स्थापित सदस्यलाई बोलाइएको छैन । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले मन्त्रीस्तरीय निर्णय गरी […]

कक्षा १२ को परीक्षा : जेठ १८ देखि गर्ने तयारी, भोलि बोर्ड बैठक बस्ने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षा आगामी जेठ १८ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले १८ गतेदेखि सञ्चालन गर्ने छलफल भएको तर आधिकारिक निर्णय नभएको जानकारी दिए।उनका अनुसार भोलि (शुक्रबार) बोर्डको बैठक बस्ने तयारी छ। ‘भोलि बोर्ड बैठक भयो भने परीक्षा समयबारे निर्णय हुन्छ, अहिले भने छलफल मात्रै भएको हो,’ उनले भने।आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी परीक्षा समय तोक्ने बोर्डको योजना छ।

तत्काल राखेप बोर्ड बैठक बोलाउन मन्त्रीसँग सदस्यको माग

काठमाडौं । राष्ट्रिय खेलुकद परिषद् (राखेप)की बोर्ड सदस्य सुवर्ण श्रेष्ठले तत्काल बोर्ड बैठक बोलाउन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग माग गरेकी छन् । मन्त्री गहतराजले गएको मंसिर ३ गते राखेप अध्यक्षको हैसियतमा तत्कालीन खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नियुक्त गरेका नौ बोर्ड सदस्यको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पदमुक्त गर्ने निर्णय गरेका थिए ।...

एमसीसी बोर्ड बैठक : नेपालको जवाफ पर्खने

काठमाण्डाै - अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले नेपालसँग भएको एमसीसी सम्झौता पालना हुने/नहुने बारे जवाफ पर्खने भएको छ । गएराति अमेरिकामा बसेको एमसीसी मुख्यालयको बोर्ड बैठकले नेपालको जवाफ पर्खने  निर्णय गरेको हो । यसअघि एमसीसी  पारित गर्न  ढिलाइ भइरहेको भन्दै अमेरिकाले असन्तुष्टि जनाएको थियो ।  सङ्घीय संसद्को चालु दशौँ अधिवेशनमै एमसीसीलाई अघि बढाउने तयारी भएकाले पनि एमसीसी मुख्यालयले नेपालको जवाफ पर्खने निर्णय गरेको अनुमान छ । प्रधानमन्त्री एवम् क...

संसद बैठक आज बस्दै, नेपालबारे निर्णय गर्न एमसीसीको बोर्ड बैठक पनि आजै

आज मंगलबार प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक दिउँसो २ बजेको लागि बोलाईएको छ । संसद सचिवालयद्वारा जारी सम्भावित कार्यसुची अनुसार आजको बैठक ६ वटा अध्यादेश पेश हुने छ । सरकारले ६ वटा अध्यादेश जारी गरेपछि संसद अधिवेशन अधिवेशन आह्वान गरेको थियो । आजको बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने ,  सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्य सूची रहेको छ। त्यस्तै आजको बैठकमा  “नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन)      अध्यादेश, २०७८' पेश गर्ने, “तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८' पेश गर्ने,  “सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८' पेश गर्ने, ।  'रेल्वे अध्यादेश, २०७८' पेश गर्ने,  “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८' पेश गर्ने र “फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८' पेश गर्ने कार्यसूची रहेको छ ।आजको बैठक पनि अवरोध गर्ने नेकपा एमालेको तयारी छ  ।आजको बैठकमा एमसीसी समबन्धि प्रस्ताव पेश हुने चर्चा चले पनि सम्भावित कार्यसुचीमा भने यसबारे समावेश गरिएको छैन । आज नै मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बोर्ड बैठक बस्ने भएको छ । उक्त बैठकमा नेपालको एमसीसीबारे पनि छलफल हुने एजेण्डा तय भएको छ । दलहरु विभाजित भएर नेपालमा एमसीसी संसदबाट पारित हुन नसकिरहेको अवस्थामा हुन लागेको एमसीसीको बोर्ड बैठकलाई महत्वका साथ हेरिएको छ ।यस अघि एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले नेपाल आएर एमसीसीबारे विभिन्न दल तथा सरकारको आधिकारिक धारणा बुझेर फर्किएकी थिईन्। अमेरिकाले एमसीसीबारे छिटो निर्णय गर्न नेपाललाई दबाब दिदै आएको छ । नेपालले समयमा नै निर्णय नगरे सहयोग फिर्ता लैजाने चेतावनी अमेरिकाले दिने गरेको छ । यस अघि नेपाल सरकारले एमसीसीबारेका विभिन्न प्रश्नहरु समेटेर एमसीसीलाई पठाएको थियो । एमसीसीले त्यसको जवाफ पनि दिइसकेको छ । एकै दिन अमेरिकामा एमसीसीको बोर्ड बैठक बस्नु र नेपालमा पनि सोहि दिन संसद बैठक आह्वान हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा एमसीसी पास हुनु पर्ने बताउदै आएका छन् । सोहि कारण कतिपयले आज नै संसदबाट एमसीसी पास हुन सक्ने आँकलन गरेका छन् । एमसीसी यस अघि नै संसदमा पेश भईसकेको छ । सम्भावित कार्यसूचीमा नपरेको भएपनि सभामुखले यसलाई सभामा पेश गर्न सक्ने छन्  । एमसिसी सहयोगबाट ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र दाङको भालुवाङदेखि शिवखोलासम्मको ७७ किलोमिटर सडक पूर्वाधार निर्माण हुनेछ । ती परियोजनाका लागि रु ५० अर्ब बराबर लगानी हुनेछ । नेपाल सरकारको तर्फबाट रु १३ अर्ब लगानी हुनेछ ।

ललितपुर महानगरपालिकाको बोर्ड बैठक : केके भए निर्णय ?

काठमाडौं । ललितपुर महानगरपालिकाको बोर्ड बैठक सम्पन्न भएको छ । बुधबार महानगरपालिकाको कार्यालयमा बसेको बैठकले विभिन्न बुँदाहरुमा निर्णय गरेको छ ।