जेल जालान् पूर्वअमेरिकी राष्ट्रपति ट्रम्प?

इतिहासमा पहिलोपटक अमेरिकाका पूर्वराष्ट्रपतिलाई अपराधको अभियुक्तका रूपमा अदालतमा हाजिर हुनुपर्‍यो। न्युयोर्क ग्रान्ड जुरीले औपचारिक रूपमा अभियोग लगाएपछि डोनाल्ड ट्रम्पले मंगलबार आत्मसमर्पण गरे। ट्रम्पले अदालतमा आफूलाई निर्दोष घोषणा गरेका छन्। अब यस विषयमा अनुसन्धान अघि बढ्नेछ। मंगलबार न्युयोर्क सहरको म्यानहट्टन क्रिमिनल कोर्ट हाउसमा ट्रम्पविरुद्ध अभियोग लगाइएको थियो। यो विषय सन् २०१६ मा अमेरिकी राष्ट्रपतिको चुनावी अभियानसँग […]

सम्बन्धित सामग्री

‘मलाई जेल हाल’ भन्दै जेलबाहिर लाइन

नयाँ दिल्ली – शुक्रबार दिल्लीको तिहाड जेल बाहिर एउटा अनौठो दृश्य देखियो । जेल जानका लागि आत्मसमर्पण गर्न आएका कैदीहरूको लामो लाइन मात्रै देखिएन कि जेल भित्र जानका लागि एक आपसमा तछाड मछाड गरेको दृश्य पनि ढोकामा देखियो । मानौं कारागारमा सबैभन्दा पहिले को प्रवेश ? गर्ने भन्नेमा कैदीबन्दीहरुको बीचमा प्रतिस्पर्धा चलिरहेको छ। वास्तवमा कोरोना […]

सप्तरीमा बहुविवाह गर्ने एक जना जेल चलान

२ चैत, जनकपुरधाम । सप्तरीमा बुहविवाह गर्ने एकजना जेल चलान भएका छन् । छिन्नमस्ता गाँउपालिका-२ बस्ने वर्ष २४ का सुरेन्द्र खंग जिल्ला अदालत सप्तरीको आदेशमा जेल चलान भएका हुन् । मन्जुदेवी खंगको जाहेरीले बहुविवाह मुद्दामा ९ पुस २०७६ मा जिल्ला अदालत सप्तरीले उनलाई एक वर्ष दुई महिना कैद फैसला सुनाएको थियो । फैसलादेखि फरार रहेका […]

मलेसियाका पूर्वप्रधानमन्त्री रजाक जेल चलान

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक जेल चलान भएका छन्। अदालतले उनको अपिल अस्वीकार गरेपछि १२ वर्षको सजाय भुक्तानका लागि उनी जेल चलान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ६९ वर्षका जराक राज्यको स्वामित्वमा रहेको पूँजी कोष वान मलेरिया डेभलम्पमेन्ट बेर्हाद (एमडिबी) सँग जोडिएको भ्रष्टाचार आरोपमा दोषी ठहर भएका हुन्। उनी सन् २०२० को जुलाइमा दोषी ठहर भएका […]

किन जेल गए सिद्धु ?

काठमाडौँ– ३४ वर्ष पुरानो एक सडक दुर्घटनासम्बन्धी मुद्दामा भारतको उच्च न्यायलयले पञ्जाब कांग्रेसका पूर्वअध्यक्ष, कमेडियन तथा क्रिकेटर समेत रहेका सिद्धुलाई एक वर्षको जेल सजाय सुनाए लगत्तै जेल गएका छन् ।  ३४ वर्षको एक घटना, जसले सिद्धुलाई जेल पुर्‍याएको हो । घटना सन् १९८८ डिसेम्बर २७ को दिन गाडी पार्किङ गर्ने निहुँमा सिद्धुको झगडा गुरनाम सिंहसँग […]

सुकीको जेल सजाय आधा घटाइयो

एजेन्सी । म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको जेल सजया आधा घटाइने भएको छ । सोमबार म्यानमारको सरकारी एमआरटीभीले सुकीको जेल सजाय चार वर्षबाट आधा घटाएर दुई वर्षमा झारिएको उल्लेख गरेको छ। सोमबार म्यानमारको न्यपेतस्थित सेनाको अदालतले उनलाई दुई फरक फरक आरोपमा समान दुईरदुई वर्षको जेल सजाय सुनाएको थियो। समाचार संस्था […]

प्रजातन्त्रवादी नेतृ सुकीलाई चार वर्षको जेल सजाय

सेनाले कू गरी सत्ताबाट हटाएकी म्यानमारकी नेतृ आङ सान सुकीलाई चार वर्षको जेल सजाय सुनाइएको छ। प्रजातन्त्रवादी नेतृ सुकीलाई सोमबार चार वर्ष जेल सजाय सुनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सेनाविरुद्ध भडकाउ गतिविधि गरेको र कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लागू गरिएको नियम उल्लंघन गरेको आरोपमा सुकीलाई म्यानमारको अदालतले चार वर्षको जेल सजाय सुनाएको हो। सुकीमाथि […]

तीन जना पुर्पक्षका लागि जेल चलान

तिलोत्तमा नगरपालिका वडा नं ५ की सीता भण्डारी मृत्यु प्रकरणमा तीन जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

अल्जेरियाका दुई पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो । पूर्व प्रधानमन्त्री अहमद ओयुयाहीयालाई छ बर्ष र अर्का पूर्व प्रधानमन्त्री अब्डेल्मालेख सेल्लाललाई पाँच बर्ष जेल बस्नुपर्ने भनिएको छ । उनीहरुलाई सार्वजनिक शक्ति र सम्पत्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको लगायतका मुद्धा लगाइएको समाचारमा जनाइएको छ ।सरकारी अधिकारीहरुका लागि राज्यले बनाउन लागेको आवासीय भवन बनाउ

निषेधाज्ञा अवज्ञा गर्ने तीन जना जेल चलान

रूपन्देहीमा बिहीवार निषेधाज्ञाको अवज्ञा गर्ने ३ जना जेल चलान भएका छन् । जिल्लाको मायादेवी गाउँपालिका–४ का २७ वर्षीया दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीया श्याम दुबे र मायादेवी–२ कै ३४ वर्षीया महेन्द्र कोहार जेल चलान भएका हुन् ।  पक्राउ परेका ८ जनामध्ये ३ जना एक महिनाको लागि जेल चलान भएका हुन् ।  निषेधाज्ञाको अवज्ञा गरेर हिँडडुल गर्ने काठमाडौँका ५२ वर्षीया हरि शाही ठकुरी, सिद्धार्थनगरका ९ का ३८ वर्षीया इरशाद आलम, सिद्धार्थनगर ६ की २६ वर्षीय सविता खनाल, सोही स्थानका ३७ व...

फ्रान्सका पूर्व राष्ट्रपति सार्कोजीलाई तीन वर्ष जेल सजाय

काठमाण्डाै - फ्रान्सको अदालतले पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्ष जेल सजाय तोकेको छ । सार्कोजीले आफूविरुद्ध लागेको एक आपराधिक आरोपबारे सूचना उपलब्ध गराउन सरकारी अधिकारीलाई राम्रो जागिरको अफर गरेको आरोपमा अदालतले जेल सजाय तोकेको समाचार संस्था सीएनएनले जनाएको छ । फ्रान्समा जेल सजाय हुने सार्कोजी फ्रान्सका पहिलो राष्ट्रपति हुन् । ६६ वर्षीय सार्कोजीले सजाय भएकामध्ये दुई वर्ष जेलमा र बाँकी एक वर्ष घरमै बस्न सक्ने जनाइएको छ । सार्कोजी सन् २००७ देखि १२ सम्म फ्रान्सको राष्ट्रपति रहनु भएको थियो । सार्कोजीका कानुन व्यवस...