गोरखा : सर्वोच्च अदालतको फैसलापछि देशको राष्ट्रिय राजनीतिक माहोल ‘सस्पेन्स खेल’ जस्तै बनेको छ। यसको प्रत्यक्ष असर गण्डकी प्रदेश सरकारमा पनि पर्न सुरु गरिसकेको छ। गत बुधबार माओवादी केन्द्रले प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिन लगायो।
अब कांग्रेस, माओवादी र जसपा मिलेर गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको कुरा सार्वजनिक हुन थालेको छ। तत्काल माओवादीले सरकारलाई समर्थन फिर्ता गरिहाल्यो भने पनि मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार तत्काललाई सुरक्षित देखिन्छ। तर, तीन दलले राजमोलाई पनि अव...