युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला बाइडेनले युरोपको भ्रमण गर्ने

काठमाडौं- युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपको भ्रमण गर्ने भएका छन् । उनी बुधबार बेल्जियमको राजधानी ब्रसेल्स पुग्ने कार्यक्रम छ । ह्वाइटहाउसले जनाएअनुसार त्यसपछि राष्ट्रपति बाइडेन आगामी शुक्रबार पोल्याण्ड पुग्नेछन् । उनले त्यहाँ युक्रेनलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूबारे छलफल गर्ने बताइएको छ । ‘यस हप्ता राष्ट्रपति जोसेफ आर बाइडेन जुनियरले ब्रसेल्सको […]

सम्बन्धित सामग्री

कृष्ण सागरमा रुसी लडाकु विमान र अमेरिकी ड्रोन ठोक्किएसँगै आरोप प्रत्यारोप सुरु

काठमाडौँ- कृष्ण सागरमाथिको अन्तर्राष्ट्रिय आकाशमा रुसी लडाकु विमान र अमेरिकी जासुसी ड्रोन एक आपसमा ठक्कर खाएपछि दुई मुलुक एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रेका छन् । युक्रेनमा रुसी आक्रमण जारी रहेका बेला मंगलबार कृष्ण सागरको आकाशमा रुसी वायुसेनाको सुखोई एसयु २७ लडाकु विमान र अमेरिकी एमक्यू ९ चालकरहित हवाई उपकरण ड्रोन एक आपसमा ठक्कर खाएका थिए […]

युक्रेनी राष्ट्रपतिलाई हलिउड अभिनेता सिन पेनले दिए ओस्कार अवार्ड उपहार

काठमाडौं । हलिउड अभिनेता सिन पेनले हालै द्वन्द्वग्रस्त युक्रेनको राजधानी किभ पुगेर राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग भेट गरेका छन् । रुसी आक्रमण जारी रहँदा उनले युक्रेन पुगेर सहानुभूति व्यक्त गरेका हुन् । अभिनेता पेनले आफूले प्राप्त गरेका दुईवटा ओस्कार अवार्डका ट्रफीमध्ये एक उपहार स्वरुप राष्ट्रपति जेलेन्स्कीलाई प्रदान गरेका छन् । युक्रेनको आन्तरिक मामिलामन्त्रीका सल्लाहकार एन्टोन गेराश्चेन्कोले […]

पश्चिमी युक्रेनमा रुसी आक्रमण जारी, २२ जना घाइते

किभ । रुसले युक्रेनी सहर चोरटकिभमा आक्रमण गर्दा कम्तीमा २२ घाइते भएका क्षेत्रीय गभर्नरले आइतबार जनाएका छन् । देशको पश्चिममा पर्ने क्षेत्रमा कम मात्र आक्रमण भएको जनाइएको छ । ‘हिजो स्थानीय समयानुसार साँझ १९ः४६ मा चारवटा क्षेप्यास्त्र प्रहार भएको थियो । ती सबै ब्ल्याक सीबाट प्रहार गरिएको भोलोडिमिर ट्रसले फेसबुक जानकारी दिएको छ’ । सबै […]

युक्रेनमा हमला जारी रहँदा रुसी विदेशमन्त्री ब्रिक्स‍को बैठकमा सहभागी

काठमाडौं- रुसी विदेशमन्त्री सर्गेई लाभरोभले भिडियो कन्फरेन्स मार्फत उदीयमान मुलुकहरूको समूह ब्रिक्सका विदेश मन्त्रीहरूको बैठकमा भाग लिएका छन् । युक्रेनमा रुसी आक्रमण जारी रहेका बेला रुसी विदेशमन्त्री सर्गेई लाभरोभले ब्रिक्सका विदेश मन्त्रीहरूको बैठकमा सहभागी भएका हुन् । बैठकका क्रममा आफ्नो टिप्पणीमा रुसी विदेशमन्त्री लाभरोभले युक्रेनको अवस्थाको विकास र विशेष सैन्य  परिचालनको विस्तृत आधारभूत मूल्याङ्कन प्रस्तुत गरेका […]

भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि गहुँको भाउ बढ्यो

काठमाडौं– युक्रेनमा रुसी आक्रमण जारी रहेको अवस्थामा भारतले पनि गहुँको निर्यातमा प्रतिबन्ध लगाएपछि अन्नको भाउ बढेको छ । भारतको घोषणासँगै शिकागोको गहुँ सूचकाङ्क झन्डै ६ प्रतिशतले बढेको बीबीसीले जनाएको छ । भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाएसँगै शिकागोको गहुँ सूचकाङ्क ५.९ प्रतिशतले बढेर दुई महिना यताकै उच्च विन्दुमा पुगेको बीबीसीले जनाएको छ । विनाशकारी ताप लहर […]

अमेरिकाले युक्रेनलाई थप ३३ अर्ब डलर सहयोग गर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप ३३ अर्ब डलरको सहयोग घोषणा गरेका छन् । युक्रेनमा रुसी आक्रमण जारी रहेका बेला राष्ट्रपति बाइडेनले नयाँ सहायताको घोषणा गरेका हुन् । उनको सहायता प्याकेजमा २० अर्ब सैन्य सहयोग, साढे ८ अर्ब आर्थिक सहायता र ३ अर्ब मानवीय सहायता समेत रहेको बीबीसीले जनाएको छ । उनले यसबारे कांग्रेसलाई […]

युक्रेनमा रुसी गोलाबारीका कारण एमोनिया चुहियो, सर्वसाधारणलाई सतर्क हुन आह्वान

काठमाडौं– रुसी आक्रमण जारी रहेका बेला युक्रेनको उत्तरी शहर नोभोसेल्यात्सामा रहेको रासायनिक कारखानाबाट विषाक्त एमोनिया ग्यास चुहिएको छ । सुमी क्षेत्रका गभर्नर दिमित्रो जाभेत्स्कीले जनाएअनुसार स्थानीय सुमिखिम्प्रोम नामक रासायनिक मल कारखानाबाट विषाक्त रसायन एमोनिया चुहिएको हो । कारखानाबाट चुहिएको अमोनियाले त्यस क्षेत्र आसपासको २५०० मिटर क्षेत्र प्रभावित भएको उनको भनाइ छ । उनले रुसी गोलाबारीका […]

युक्रेनको गोप्य हतियार – ३० माइलसम्म मार हान्ने अत्याधुनिक ड्रोन

काठमाडौं– गएको ११ दिनदेखि युक्रेनमा रुसी आक्रमण जारी छ । युद्धमा दुबै पक्षले अत्याधुनिक हतियारको पनि प्रयोग गर्दै आएका छन् । रुसी पक्षले लक्षित निशानामा सटीक प्रहार गर्न सक्ने अत्याधुनिक क्षेप्यास्त्रको प्रयोग गरी हवाई मैदान, सैनिक पूर्वाधार र अन्य सैनिक पूर्वाधारहरूमा आक्रमण गरिरहेको दाबी गर्दै आएको छ । यद्यपि युक्रेनी पक्षले भने सार्वजनिक पूर्वाधार र […]