पश्चिम नवलपरासी प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा २ जनालाई पक्राउ गरेको छ । सदरमुकाम परासीको बजारमा विभिन्न सामान खरिद गर्ने र नक्कली नोट साटिरहेको अवस्थामा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ रसिद मोहम्मद र कपिलबस्तुको शुद्धोदन गाउँपालिका–२ का जमाल मुसलमान पक्राउ परेका हुन् ।