साइबर सुरक्षामा चुनौती

प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साइबर स्पेसमा राष्ट्रिय सूचना तथा व्यक्तिगत गोपनीयताको संरक्षण जटिल हुँदै गएको बताउनुभएको छ। साइबर अपराध, डिजिटल आक्रमण र साइबर आक्रमणले राष्ट्रिय सुरक्षाका साथै अपराध अनुसन्धानलगायतका संवेदनशील विषयमा चुनौती थपिएको बताउँदै उहाँले राष्ट्रिय र सामरिक महत्वका सूचनाका अतिरिक्त अन्य सूचनाहरू चोरी गर्ने, ह्याक गर्ने प्रवृत्ति बढेको उल्लेख गर्नुभयो। राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले शुक्रबार सिंहदरबारमा आयोजना गरेको साइबर सुरक्षासम्बन्धी उच्चस्तरीय अन्तक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “देशको सम्पूर्ण कम्प्युटर नेटवर्कमाथिको साइबर तथा साइबर ‍-यानसम आक्रमण डिजिटल युगले ल्याएको नयाँ परिस्थितिसमेत राष्ट्रिय सुरक्षाको दृष्टिकोणले चुनौतीपूर्ण विषय बनेका छन्।” उहाँले साइबर सुरक्षा चुनौती थपिँदै गएकाले यसबाट बच्ने सुरक्षात्मक उपाय अवलम्बन गरी साइबर सुरक्षाको स्तर वृद्धि गर्दै साइबर अपराध नियन्त्रण गर्न तत्काल आवश्यक देखिएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको प्रयोगमा अन्य मुलुकको तुलनामा नेपाल अगाडि भए पनि साइबर सुरक्षाका दृष्टिकोणले पूर्वाधार, जनशक्ति तथा प्रविधि कमजोर रहेकाले सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

सम्बन्धित सामग्री

अभियान टिप्स :साइबर सुरक्षा : यसरी बचौं फिसिङ स्क्याम हुनबाट

काठमाडौं। प्रविधिको विकाससँगै यसको बढ्दो पहुँच र प्रयोगले मानिसलाई जति सहज भएको छ, त्यति नै सुरक्षा चुनौती पनि थपिँदै गएको छ । मोबाइल, ल्यापटपजस्ता विद्युतीय उपकरण प्रयोग गरी मानिस सामाजिक सञ्जाल, विभिन्न मनोरञ्जनात्मक वेबसाइटमा रमाएका मात्र छैनन्, डिजिटल बैंकिङ कारोबार समेत गर्दै आएका छन् । यसरी हामीले विद्युतीय माध्यमबाट जति पनि कारोबार गर्छौं, ती सबै र सधैं सुरक्षित नहुन सक्छन् । हामीले प्रयोग गरेका ईमेल ठेगाना पनि पूर्ण सुरक्षित हुन्छ भन्ने ग्यारेन्टी छैन । साइबर अपराधीले फिसिङ स्क्याममा पारेर जुनसुकै समयमा हाम्रा गोप्य सूचना चोर्न सक्छन् । फिसिङ स्क्याम एक प्रकारको साइबर हमला हो, जसको प्रयोग गरेर साइबर अपराधीले इन्टरनेट प्रयोगकर्ताको व्यक्तिगत विवरण, ईमेल तथा पासवर्ड, बैंकको खाता नम्बर, पिन कोड आदि प्राप्त गर्ने प्रयास गर्छन् । साथै कुनै प्रलोभन पारेर वा डर धम्की देखाई बैंकबाट आफ्नो खातामा रकम जम्मा गर्न लगाउने जस्ता प्रयास गर्छन् । सोझासाझा व्यक्तिलाई त्यस्तो जालमा पार्न सफल पनि हुन्छन् । यसका लागि उनीहरूले ईमेल पठाउने, असली जस्तै देखिने नक्कली वेबसाइट प्रयोग गर्ने, म्यासेज पठाउने र फोनकलको समेत प्रयोग गर्छन् । पछिल्लो समय भारतीय फोन नम्बर प्रयोग गरेर विभिन्न चिठ्ठा परेको भन्दै व्यक्तिगत विवरण माग्ने, विभिन्न मेल ठेगानाबाट मेल पठाउने वा लिंक पठाउने गरेको पाइन्छ । नेपाल दूरसञ्चार प्राधिकरण तथा साइबर सुरक्षासँग सम्बन्धित सरकारका निकायले विभिन्न समयमा सूचना जारी गर्दै यस्ता स्क्यामबाट जोगिन अनुरोध गर्दै आएका छन् । तर पनि यस्ता स्क्यामका घटना भने भइरहेका छन् । जोगिन सकिन्छ फिसिङ स्क्यामबाट   अपरिचित व्यक्ति वा ठेगानाबाट आएको, शंकास्पद ईमेल नखोलौं ।  शंकास्पद ईमेलको एट्याचमेन्ट नखोलौं ।  अपरिचित व्यक्ति वा ठेगानाबाट आएको ईमेलमा रहेको लिंकहरूमा क्लिक नगर्नुहोस् ।   अपरिचित व्यक्ति वा ठेगानाबाट आएको ईमेल वा शंकास्पद ईमेल तत्काल डिलेट तथा ब्लक गर्नुहोस् ।  शंकास्पद ईमेलको रिप्लाई सकेसम्म नगर्नुहोस् । गर्नैपरेमा वेबसाइटमा गएर पहिचान एकीन गरेर विश्वस्त हुनुहोस् ।  पुरस्कार, उपहार, चिठ्ठा लगायत विभिन्न प्रलोभन देखाएर पठाएको वा डर/धम्की दिई पठाइएको ईमेल, सन्देश, फोनकलको रिप्लाई/रेस्पोन्स नगरौं ।  परिचित वा अपरिचित व्यक्ति/संस्थाबाट आएका ईमेलमा पीडीएफ, टेक्स्ट, सीएसभी जस्ता स्ट्याण्डर्ड फम्र्याट बाहेकका भीडीएस/इएक्सइ जस्ता एक्सटेन्सनका फाइल नखोल्नुहोस् ।  आफूसँग सम्बन्धित नभएका कन्ट्री डोमेन/सबडोमेनबाट आएका ईमेल नखोलौं, त्यसलाई डिलेट गरौं ।  अनावश्यक मेलिङ लिस्टमा सबस्क्राइब नगर्नुहोस् ।  ईमेलबाट आफ्नो पासवर्ड, ओटिपी, बैंक खाता नम्बर, पिन कोडजस्ता विवरण नपठाऔं ।   आधिकारिक वेबसाइटको राम्रोसँग पहिचान गरेर मात्र आफ्ना विवरण आदानप्रदान गरौं ।  प्राप्त भएको कुनै ईमेल वा वेबसाइटको विषयमा शंका लागेमा सम्बन्धित संस्थामा फोन सम्पर्क गरेर, ईमेल पठाएर, व्यक्ति वा संस्थाको राम्रोसँग पहिचान गरेर मात्र रिप्लाई/रेस्पोन्स गर्नुहोस् ।   आफ्नो कम्प्युटर, ल्यापटप, मोबाइल आदिमा एन्टीभाइरसको प्रयोग गर्नुहोस् ।  दूरसञ्चार प्राधिकरणले बेलाबेला जारी गर्ने सूचना तथा सूरक्षा एड्भाइजरी पढ्ने गर्नुहोस् ।

साइबर सुरक्षाको चुनौती र प्रदेश सरकार

– गङ्गानारायण श्रेष्ठ काठमाडौँ, १० साउन । विश्व समुदाय प्रविधिमैत्री मात्रै छैन, प्रविधि नियन्त्रित पनि बन्दै गएको छ । यस्तो अवस्थामा साइबर सुरक्षाको महत्व झनै बढेर गएको छ । साइबर सुरक्षा यति पेचिलो विषय बन्दैछ कि आगामी दिनमा भौतिक आक्रमणका घटनाभन्दा बढी साइबर अपराधका घटना बढी हुनेछ । अबको दुनियाँमा आमनागरिक, प्रशासनिक संरचना र राजनीतिक […]

'साइबर सुरक्षासम्बन्धी कमजोर कानुनका कारण सूचनाको गोपनीयतामा चुनौती'

देउखुरी ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षासम्बन्धी कमजोर कानुनका कारण आम नागरिकदेखि सरकारकै सूचनाको गोपनीयतामा चुनौती थपिएको बताएकी छिन् ।  दाङको घोराहीमा सञ्चार, साइबर सुरक्षा नीति र कानुन विषयक राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै यसको सुरक्षा अहिलेको मुख्य चुनौती भएको बताइन् ।  सरकारका...

साइबर सुरक्षा र बढ्दो चुनौती

मानव जीवन अहिले अनलाइन सेवाहरूमा निर्भर हुँदै गइरहेको छ जसले दैनिक जीवनलाई सजिलो, सरल र स्मार्ट त बनाइरहेको छ नै, साइबर आक्रमणका खतरा र सुरक्षाका विभिन्न चुनौती निम्त्याइरहेको छ । सरकारी संस्था, सर्वसाधारण, व्यवसायी साइबर अपराध र धम्कीको सिकार भइरहेका छन् ।

सन् २०२२ का साइबर सुरक्षा ट्रेन्ड

पछिल्लो समय साइबर सुरक्षा जटिल बन्दै गइरहेको छ । जति जति प्रविधि विकसित हुँदै छ, त्यति त्यति साइबर सुरक्षा पनि जटिल हुँदै छ ।  विभिन्न कम्पनीहरू ह्याक गरेर डेटा चोर्ने, पैसा चोर्ने र सेवा नै ठप्प बनाउने जस्ता क्रियाकलाप केहि समययता बढेका छन् ।  सन् २०२२ मा पनि साइबर अपराधका विभिन्न क्रियाकलाप हुनेछन् । साइबर सुरक्षामा चुनौती बढ्दै गएको सन्दर्भमा यो वर्ष सन् २०२२ मा कस्ता...

साइबर अपराधको चुनौती र अवस्थाबारेको प्रतिवेदन गृहमन्त्रीसमक्ष पेस

साइबर अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने उपाय र चुनौतिका सम्बन्धमा अध्ययन गर्न गठित अध्ययन समितिले कार्ययोजना सहितको प्रतिवेदन बिहीबार गृह मन्त्री बालकृष्ण खाणसमक्ष पेश गरेको छ। साइबर सुरक्षा चुनौतीपूर्ण हुँदै गएको...

सन् २०२२ का साइबर सुरक्षा ट्रेन्डः र्‍यानसमवेयर आक्रमणदेखि स्याटेलाइट ह्याकसम्म

पछिल्लो समय साइबर सुरक्षा जटिल बन्दै गइरहेको छ । जति जति प्रविधि विकसित हुँदै छ, त्यति त्यति साइबर सुरक्षा पनि जटिल हुँदै छ ।  विभिन्न कम्पनीहरू ह्याक गरेर डेटा चोर्ने, पैसा चोर्ने र सेवा नै ठप्प बनाउने जस्ता क्रियाकलाप केहि समययता बढेका छन् ।  सन् २०२२ मा पनि साइबर अपराधका विभिन्न क्रियाकलाप हुनेछन् । साइबर सुरक्षामा चुनौती बढ्दै गएको सन्दर्भमा यो वर्ष सन् २०२२ मा कस्ता...

साइबर सुरक्षा अहिलेको चुनौती : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा अहिलेको मुख्य चुनौती भएको बताउनुभएको छ।