जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि पाँच दलीय गठबन्धन भएको बताएका छन् । शनिबार जनकपुरमा आयोजित पाँच दलीय गठबन्धनद्वारा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न समेत अध्यक्ष यादवले अपिल गरे । उनले जनकपुरधाम अझै सुन्दर र व्यवस्थित नगरी बनाउनका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन नगरवासीसँग अपिल गरे ।त्यस्तै काँग्रेसका वरिष्