सिभिल सहकारी ठगी प्रकरणमा पक्राउ परेका उक्त सहकारीका सञ्चालक इच्छाराज तामाङले करीब १२ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको प्रहरी बयानमा स्वीकार गरेका छन् ।
करीब २ हजार १ सय जनाजति संस्थाका सदस्य वचतकर्ता रहेको उनले बताए । उक्त संस्थाका वचतकर्ता सदस्यहरूलाई करीब ७ अर्ब जति रकम फिर्ता गर्नुपर्ने रहेको उनले बताएका छन्।
त्यसैगरी सिभिल होम्स समेतका सबै कम्पनीहरूबाट ५ अर्ब जति कर्जा सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थालाई तिर्न बाँकी रहेको उनले बताएका छन्।
तर उक्त दायित्व आफ्नो व्यक्तिगत नभई संस्थाको दायित्व रहेको उनले जिकिर गरेका...