पाल्पाको तानसेन नगरपालिकाका पूर्व नगरप्रमुख तथा एमाले नेता अशोककुमार शाही र पूर्व उपप्रमुख लक्ष्मीदेवी पाठक नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पूर्व नगरप्रमुख–उपप्रमुखसहित १६ जना अगुवा कार्यकर्ता एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।शनिबार बेलुका एक विज्ञप्ति प्रकाशित गरी उनीहरुले एमाले नेतृत्वले देशमा उचित राजनीतिक निकास निकाल्न नसकेको, नातावाद र कृपावादमा भुलेको, प्रतिनिधिसभा विघटन गरेर देशलाई थप अन्योलतामा लैजाने प्रयत्न गरेको लगायतका आरोप लगाउँदै पार्टी परित्य