समानुपातिकमा एमाले र कांग्रेसले कटाए एक लाख मत

६ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ नेकपा एमाले र नेपाली कांग्रेसले पाएको मत एक लाख नाघेको छ । नेकपा एमालेले १ लाख १७ हजार ७७६ मत पाएको छ भने नेपाली कांग्रेसले एक लाख ६७७ मत पाएको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ५० हजार ८१४ मत र चौथो स्थानमा रहेको माओवादी केन्द्रले […]

सम्बन्धित सामग्री

कांग्रेसले पनि ल्यायाे समानुपातिकमा २० लाख मत

काठमाण्डाै – प्रतिनिधि सभाको समानुपातिकतर्फ कांग्रेसले पनि २० लाखभन्दा धेरै मत प्राप्त गरेको छ । एमालेले यसअघि नै २० लाख मत नघाइसकेको छ ।  अहिलेसम्म एमालेले २० लाख ८१ हजार ७ सय ६८ र कांग्रेसले २० लाख ९ हजार ४ सय ९८ मत प्राप्त गरेको छ । यस्तै तेस्रोमा रहेको माओवादी केन्द्रले ८ लाख ९० हजार ३ स य६३ र राप्रपाले ४ लाख ५७ हजार ११ मत प्राप्त गरेका छन् ।   स्राेत : निर्वाचन आयाेग

समानुपातिकतर्फ एमाले र कांग्रेसले कटाए १० लाख मत, अरुको कति ?

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगकाअनुसार केहीबेर अघिसम्म आयोगमा प्रविष्ट  मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा एमाले शीर्षस्थानमा छ।समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म दश लाख ४८ हजार चार सय ५७ मत पाएको छ। नेपाली कांग्रेसले पनि १० लाख मत कटाएको छ। उसको  १० लाख ३ हजार ४ सय ४३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख ९३ हजार २ सय ३३ मतसहित तेस्रो स्थानमा छ।त्यस्तै चौथो स्थानमा

एमाले र कांग्रेसले समानुपातिकमा १ लाख मत कटाउँदा माओवादी चौथो स्थानमा

आइतबार सम्पन्न निर्वाचनको प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी रहेको छ । मंगलबार साँझ पौने ७ बजेको मतपरिणामअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले १ लाख मत कटाएका छन् । माओवादी केन्द्र भने चौथो स्थानमा रहेको छ । यस्तै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहँदा राप्रपा पाँचौ र जनता समाजवादी पार्टी छैटौँ स्थानमा रहेको छ । निर्वाचन आयोगका अनुसार एमालेलाई १ लाख २४ हजार ३५४ र कांग्रेसलाई १ लाख ५ हजार ६६६ मत प्राप्त भएको छ । यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई

एमालेपछि कांग्रेसले पनि ल्यायाे समानुपातिकमा १ लाख मत

काठमाण्डाै – नेपाली कांग्रेसले पनि प्रतिनिधि सभाको समानुपातिकतर्फ १ लाख मत नघाएको छ । पछिल्लो विवरणअनुसार कांग्रेस १ लाख १ हजार ७ सय ८१ मतसहित दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा रहेको एमालेले १ लाख १९ हजार ७ मत प्राप्त गरेको छ । यस्तै तेस्रो स्थानमा गएको असारमा मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ हजार २ सय ४१ मत प्राप्त गरेको छ । चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रको ४५ हजार ६ सय ९४ र पाँचौँ स्थानमा रहेको राप्रपाको २८ हजार ७ सय ६ मत रहेको छ ।

स्वास्थ्य बिमा १० लाख पुर्‍याउन कसरी सम्भव छ? आर्थिक स्रोतको आधार के हो?

नेपाली कांग्रेसले आवश्यक गृहकार्य गरेर नै उक्त विषय संकल्पपत्रमा राखिएको बताएको छ। कांग्रेसले १० लाख रकम जुटाउने स्रोतको उपायहरु पनि खोजिएको जनाएको छ।

उत्कृष्ट चुनावी गीतलाई कांग्रेसले दुई लाख ७५ हजार पुरस्कार दिने

काठमाडौँ– नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीको पक्षमा चुनावी गीत (अडियो/भिडियो) निर्माण गरी प्रचारप्रसार भइरहेका मध्येबाट उत्कृष्टलाई दुई लाख ७५ हजार राशिबाट पुरस्कृत गर्ने भएको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महत संयोजक रहेको स्थानीय तह निर्वाचन केन्दीय प्रचार–प्रसार समितिअन्तर्गतको सांस्कृतिक समन्वय उपसमितिले दर्शक, श्रोता तथा छनोट समितिको निर्णयबमोजिम यो पुरस्कार प्रदान गर्ने […]

उत्कृष्ट चुनावी गीत बनाउनेलाई कांग्रेसले २ लाख ७५ हजार पुरस्कार दिने

काठमाण्डाै – नेपाली कांग्रेसले पार्टीको पक्षमा उत्कृष्ट गीत बनाउनेलाई पुरस्कृत गर्ने भएको छ । कांग्रेसले आज शुक्रवार विज्ञप्ति निकालेर उत्कृष्ट अडियो/भिडिओ बनाउनेलाई दुई लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने जनाएको हो । प्राप्त गीतमध्ये दर्शक, स्राेता र छनोट समितिको निर्णयका आधारमा उत्कृष्ट ठहरिने उपसमिति संयोजक डी.बी. गुरुङले बताउनुभयो । तयार पारिएको अडियो/भिडियोको लिङ्क कांग्रेस स्थानीय निर्वाचन प्रचारप्रसार समिति अन्तर्गतकाे सांस्कृतिक समन्वय समितिको फेसबुक पेजमा पठाउन सकिने  कांग्रेसले जनाएको छ ।

क्रियाशील सदस्यताबाट कांग्रेसले उठायो ११ करोड

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता (नयाँ र नवीकरण)बाट ११ करोड रकम उठाएको छ । कांग्रेस केन्द्रीय कार्यालयको आयव्यय विवरण अनुसार क्रियाशील सदस्यताबाट ११ करोड ४३ लाख ३८ हजार ८५१ रुपैयाँ आम्दानी भएको हो । चालू आर्थिक वर्षमा नौ करोड २४ लाख ९४ हजार ९४४ रुपैयाँ क्रियाशील सदस्यताबाट उठेको हो भने गतवर्ष दुई […]