समानुपातिकतर्फ एमालेलाई झण्डै ९ लाख मत, कांग्रेसले ८ लाख ६१ हजारभन्दा धेरै ल्यायो

काठमाण्डाै – गएको आइतवार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मतगणना जारी छ । प्रतिनिधि सभातर्फको समानुपातिकमा नेकपा एमालेको अग्रता कायमै छ । समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले अहिलेसम्म आठ लाख ९७ हजार चार सय ५७ मत पाएको छ । नेपाली कांग्रेसले आठ लाख ६१ हजार ४ सय ४३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख ३४ हजार २ सय ३३ मतसहित  तेस्रो स्थानमा छ । त्यस्तै चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले चार लाख दुई हजार ९ सय ४१ मत पाएको छ भने पाँचौँ स्थानम...

सम्बन्धित सामग्री

भरतपुर महानगरले ल्यायो पूरक बजेट

चितवन । भरतपुर महानगरपालिकाले पूरक बजेट ल्याएको छ । १२औं नगरसभामा महानगरले २५ करोड ९५ लाख ४१ हजार रुपैयाँको पूरक बजेट ल्याएको हो । शुक्रवार पूरक बजेट प्रस्तुत गर्दै उपमेयर चित्रसेन अधिकारीले यसबाट महानगरलाई थप दायित्व सृजना नहुने बताए । अख्तियारी रकम पर्याप्त नभएमा वा कुनै सेवा तथा क्षेत्रमा बढी खर्च गर्नुपरेमा स्थानीय तहले पूरक बजेट ल्याउन सक्ने व्यवस्था छ । पूरक बजेटमार्फत थप २४ नयाँ कार्यक्रम तथा शीर्षकहरूमा रकम छुट्ट्याइएको छ, जसअनुसार पशु विकास तथा दूध अनुदानमा १ करोड ९० लाख, विपन्न नागरिकको मिर्गौला रोग उपचार (डायलासिस सेवा)का लागि १ करोड ५० लाख, परियोजना बैंक तयारीका लागि ९३ लाख ४१ हजार, समपूरक साझेदारी कोषमा ५ करोड, विशेष आकस्मिक कोषमा ३ करोड, बेपत्ता तथा घाइते परिवारका लागि २० लाख, विपन्न आर्थिक सहायताका लागि ५ लाख, भरतपुर आँखा अस्पतालका लागि १ करोड, वडास्तरीय पार्क निर्माण (वडा नं १८)का लागि ३० लाख र एमआरसी सेन्टर स्थापनाका लागि ८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसैगरी स्मार्ट सिटीको गुरुयोजना निर्माणका लागि १ करोड, मागमा आधारित सडक तथा अन्य पूर्वाधार निर्माणका लागि ३ करोड, मागमा आधारित सडक ग्राभेलिङका लागि १ करोड र ह्युमपाइप खरीदका लागि ५० लाख रुपैयाँ बजेट छुट्ट्याइएको छ । यसबाहेक अन्य कार्यक्रममा समेत बजेटको व्यवस्था गरिएको छ । ‘स्रोत सुनिश्चित गरेर योजना समयमै सम्पन्न गर्न पूरक बजेट ल्याएका हौं,’ उपमेयर अधिकारीले भने, ‘यसले समुन्नत र सुदृढ महानगर बनाउन सहयोग पुग्ने अपेक्षा छ ।’ पूरक बजेट ल्याएपछि अब महानगरको कुल बजेट ६ अर्ब १० करोड ३७ लाख ९७ हजार ४०० रुपैयाँ पुगेको छ । महानगरले चालू आर्थिक वर्षका लागि ५ अर्ब ८४ करोड ४२ लाख ५६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । पुस मसान्तसम्ममा चालूतर्फ ८८ करोड ६३ लाख १९ हजार र पूँजीगततर्फ ५३ करोड ८३ लाख १७ हजार खर्च भएको छ । महानगरले १ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा पुस मसान्तसम्ममा ३४ करोड २९ हजार रुपैयाँ अर्थात् २२ प्रतिशत मात्र संकलन भएको छ । नगरसभाले महानगरको विकासका कामलाई तीव्रता दिँदै आर्थिक गतिविधि चलायमान बनाउनेगरी भएका निर्णयहरू सर्वसम्मत अनुमोदन गरेको छ । नगरसभालाई सम्बोधन गर्दै मेयर रेनु दाहालले भरतपूरको विकासका लागि पार्टीभन्दा माथि उठेर आफूले विगतको कार्यकालमा काम गरेको र यो कार्यकालमा पनि निष्पक्ष रूपमा काम गर्ने बताइन् । करको दरभन्दा दायरा फराकिलो बनाई भरतपुरको आन्तरिक आम्दानी बढाउन सबै जनप्रतिनिधिको साथ र सहयोगको अपेक्षा समेत उनले गरिन् ।

टेस्लालले एकैपटक फिर्ता ल्यायो ८ लाख १७ हजार कार

अमेरिकी विद्युतीय कार कम्पनी टेस्लाले ८ लाख १७ हजार कार फिर्ता ल्याउने भएको छ । सिट बेल्टमा समस्या देखिएपछि कम्पनीले एकैसाथ बजारबाट लाखौं कार फिर्ता बोलाएको हो । टेस्लाले सन् २०२१ को अन्त्यमा र सन् २०२२ को सुरूवातमा बजार पठाइएका मोडलहरू एस, एक्स, थ्री र वाई फिर्ता बोलाएको अमेरिकी समाचार संस्था सीएनएनले उल्लेख गरेको छ । ती कारमा जडान गरिएको सिट बेल्टमा सुरक्षा अलर्ट देखिएको थियो ।अमेरिकाको ‘नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसन’मा दर्ता गरिएको फाइलअनुसार समस्या ठिक गर्न सुरू भइसके

विराटनगर महानगरपालिकाले ल्यायो ४ अर्ब ४७ करोडको बजेट

१० असार, विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक बर्ष ०७५/७६ का लागि ४ अर्ब ४७ करोड ८ लाख ४९ हजार ल्याएको छ । महानगरपालिकाले आइतबार दोस्रो नगरसभामा मेयर भीम पराजुलीले महानगरपालिका तर्फ २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार र मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना/क्षेत्रीय शहरी विकास परियोजना तर्फ …

प्रदेश ७ ले ल्यायो २५ अर्बको बजेट (पूर्णपाठसहित)

१ असार, धनगढी । प्रदेश ७ सरकार २५ अर्ब ६ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले शुक्रबार प्रदेशसभामा २५ अर्ब ६ करोड ५६ लाख १४ हजारको बजेट पेश गरेका हुन् । चालुतर्फ १३ अर्ब ३५ करोड ८ लाख १ हजार र पुँजीगततर्फ ११ अर्ब ७१ करोड …