राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र भोलिबाट विक्री खुला हुँदै

जेठ २४, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ८ दशमलव ५ प्रतिशतको आरबीबीएल डिवेन्चर २०८३ नामक ऋणपत्र मंगलवारबाट खुला गर्ने भएको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ । प्रतिकित्ता रू. १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई विक्री गरिने र सोका लागि ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड र निष्काशनकर्ता कम्पनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आपसी सहमतिमा विक्री वितरण गरिने छ । साथै, सर्वसाधारणका लागि छुट्याइएको ४० प्रतिशत अर्थात् १० लाख कित्ता भने सर्वसाधारण कालागि सार्वजनिक निष्काशनबाट ऋणपत्र विक्री गरिनेछ ।  छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म विक्रीमा रहने उक्त ऋणपत्र खरीदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।  ऋणपत्र खरीदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ । 

सम्बन्धित सामग्री

आरबिबि म्युचुअल फण्ड २ को इकाई आजदेखि विक्रीमा

काठमाडौं। आरबिबि म्युचुअल फण्ड (RBB Mutual Fund)अन्तर्गत सञ्चलन हुने आरबिबि म्युचुअल फण्ड २ (RBB Mutual fund 2) को इकाई आज वैशाख १७ गतेदेखि विक्री खुला भएको छ ।  कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक रहेको छ भने योजना व्यवस्थापका आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ दरको १२ करोड इकाईमध्ये न्यूनतम १ करोड ८० लाख वा विक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक रूपमा विक्री गर्न लागिएको हो ।  यो इकाई निष्कासन वैशाख २१ गतेसम्म निष्कासनमा रहनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि वैशाख ३१ गतेसम्म लम्बिनेछ । न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म माग गर्न सकिनेछ । १० वर्ष अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई विक्रीबाट संकलित रकम सूचीकृत तथा सार्वजनिक निष्कासनका धितोपत्र, नेपाल सरकारले जारी गरेको ऋणपत्र ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधनहरू, बैंक निक्षेप र नेपाल धितोपत्र बोर्डले तोकिदिएको अन्य क्षेत्रमा लगानी हुनेछ । योजनाको इकाई बाँडफाँट भएको मितिले १० वर्ष अवधिपश्चात् योजनाको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ । यो इकाई खरीदका लागि नेपाल धितोपत्र बोर्ड (Sebon)बाट अनुमति प्राप्त गरी सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । इकाई विक्री प्रबन्धकको जिम्मेवारीसमेत आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले पूरा गर्नेछ ।

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैैंकिङ नियुक्त

असार १०, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।   कम्पनीले निष्कासन गरेको ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको ६ वर्षे अवधिको ऋणपत्र व्यवस्थापनका लागि ऋणपत्र रजिष्ट्रार नियुक्त गरेको हो ।    कम्पनीले रू. २५ लाख कित्ता ऋणपत्र गत जेठ २५ गतेदेखि २८ गतेसम्म विक्री खुला गरेर असार २ गते बाँडफाँट गरेको हो ।  डिबेञ्चर रजिष्ट्रारमा नियुक्त भएसँगै ‘८.५ प्रतिशत आरविविएल डिवेञ्चर २०८३’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य अब आरविवि मर्चेण्ट बैैंकिङ लिमिटेडमार्फत हुने कम्पनीले जानकारी दिएकोे छ ।

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजबाट बिक्री खुला हुँदै

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले  मंगलबार (आज) देखि ८.५ प्रतिशत आरबीबीएल डिबेन्चर, २०८३ नामको ऋणपत्र बिक्री खुला गर्दैछ। बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैंया (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।...