राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

जेठ २८, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ८ दशमलव ५ प्रतिशतको आरबीबीएल डिवेन्चर २०८३ नामक ऋणपत्रमा आवेदन दिने आज (शुक्रवार) अन्तिम दिन रहेको छ ।  बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र विक्री गरेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ । प्रतिकित्ता रू. १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई विक्री गरिने र सोका लागि ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड र निष्कासनकर्ता कम्पनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आपसी सहमतिमा विक्री वितरण गरिएको हो । साथै, सर्वसाधारणका लागि छुट्याइएको ४० प्रतिशत अर्थात् १० लाख कित्ता भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट ऋणपत्र विक्री गरिनेछ ।  उक्त ऋणपत्रको विक्री बन्द हुने ढिलो अवधि असार ८ गतेसम्म रहेपनि माागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिमै विक्री बन्द हुन लागेको कम्पनीले जानकारी गराएको हो । उक्त ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।  ऋणपत्र खरीदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

सम्बन्धित सामग्री

राष्ट्र उत्थानको आइपीओमा आबेदन दिने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आबेदन ?

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको साधारण सेयरमा आबेदन दिने आज अन्तिम दिन हो। राष्ट्र उत्थानले फागुन ४ देखि आइपीओ निष्काशन गरेकोमा माग भन्दा बढी आबेदन परेकाले आजसम्म आबेदन दिन सकिने भएको हो।इच्छुकले न्युनतम १० र अधिकतम १००० कित्तासम्मको लागि आबेदन दिन सक्नेछन। तर माग भन्दा बढी आबेदन परेकाले गोलाप्रथा प्रणालीबाट आइपीओ वितरण हुने भएकाले न्युनतम १० कित्ताको लागि मात्रै आबेदन दिंदा उचित हुन्छ। राष्ट्र उत्थानले निष्काशन गरेको आइपीओमा शुक्रबार ५ बजेसम्म झन्डै ३१ गुणा बढीले आबेदन परेको छ। सिडीएससीकाअनुसार शुक्रबार बेलुका ५ बजेसम्म २० लाख ६७ हजार ४४३ जना आवेदकबाट २ करोड ४१ लाख ६८ हजार ६४० कित्ताको लागि आबेदन परेको छ। जबकी राष्ट्र उत्थानले निष्कासन गरेको ८ लाख ५० हजार कित्ता मध्ये सर्वसाधारणको ७ लाख ९४ हजार ५०० कित्ता छुट्याएको थियो। ८ लाख ५० हजार कित्ता मध्ये शुन्य दशमलब ५ प्रतिशत अर्थात १३ हजार कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ। सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। कम्पनी परिचयराष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड २०७५÷०६÷१४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस कम्पनीले मिति २०७५÷१०÷१६ गते “घ” वर्गको वित्तीय संस्थाको रूपमा राष्ट्रियस्तर कार्यक्षेत्र रहने गरी वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरी मिति २०७५÷११÷८ गतेदेखि औपचारिक रुपले वित्तीय कारोवार शुभारम्भ भएको हो । हाल यस कम्पनीको ३९ जिल्लामा रहेका ९५ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ । वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १३ साँगामा रहेको छ । लघुवित्त संस्था हुनुपूर्व यस संस्थाले नेपाल ग्रामीण विकास संस्थाको नामबाट लघुवित्त सम्बन्धी सेवा सञ्चालन गरिराखेको थियो ।पूँजी संरचनाकम्पनीको अधिकृत पूँजी पचास करोड रहेको छ । कम्पनीको तत्काल जारी गर्ने शेयर पूँजी छब्बिस करोड रहेको छ। कम्पनीको हाल चुक्ता पूँजी सत्र करोड पचास लाख रुपैया रहेको छ । सर्वसाधारणलाई आठ करोड पचास लाख रकम बराबरको शेयरको निष्काशन पश्चात् कम्पनीको चुक्ता पूँजी छब्बिस करोड हुनेछ र संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व क्रमश ६७.३१ प्रतिशत र ३२.६९ प्रतिशत हुने छ ।संस्थापक÷सञ्चालक विवरणकम्पनीको आधारभुत शेयरधनीहरुमा नेपाल ग्रामीण विकास संस्था, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक लिमिटेड रहेका छन् । यी संस्थासंग कम्पनीको क्रमश ७ लाख ५० हजार, ५ लाख ५० हजार र ३ लाख कित्ता शेयर रहेको छ ।

आरबीबी म्युचुअल फण्ड १ मा लगानी गर्ने आज अन्तिम दिन

राष्ट्रिय बाणिज्य बैंक (आरबीबी) म्युचुअल फण्ड १ को इकाईहरु सार्वजनिक निष्काशन आजदेखि बन्द हुने भएको छ । गत असार २३ गतेदेखि खुलेको बैंकको प्रति इकाई १० रुपैयाँका दरले १० करोड इकाई बराबरको म्युचुअल फण्डमा मागे भन्दा पनि बढि आवेदन परेकाले सूचना अनुसार आज आवेदन बन्द गर्न लागिएको बैंकले जनाएको हो ।कुल १० करोड इकाई बराबरको म्युचुअल फण्ड मध्ये बैंकले बीज पूँजी बापत १३ प्रतिशत इकाई कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा २ प्रतिशत इकाई योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडको लागि ग