माल्दिभ्सले लगायो नेपाली नागरिकको आगमनमा रोक

काठमाडौं। दक्षिण एसियाली राष्ट्र माल्दिभ्सले नेपाली नागरिकको आगमनमा रोक लगाएको छ। नेपालमा कोरोना भाइरसको संक्रमण बढेपछि माल्दिभ्सले नेपाली नागरिकलाई आफ्नो देशमा प्रवेश नदिने निर्णय गरेको हो। माल्दिभ्सले नेपाल लगायत भारत,पाकिस्तान,बंगलादेश,भुटान,अफगानिस्तान र श्रीलंकाका नागरिकलाई पनि प्रवेशमा रोक लगाएको छ। कोरोना संक्रमित बढेपछि यसअघि मलेसिया, कुवेत, युएई, जापान, बंगलादेश, थाइल्याण्ड, बेलायत र सिंगापुरले पनि नेपालीको प्रवेशमा अस्थायी रोक लगाएका थिए।

सम्बन्धित सामग्री

२०२३ मा ट्युनिसियामा विदेशी पर्यटकको आगमनमा उल्लेख्य वृद्धि

सन् २०२३ मा ट्युनिसियामा विदेशी पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको छ। यस वर्षको ८ महिनामा विदेशी पर्यटकको संख्या ६२.४ प्रतिशतले वृद्धि भएको पर्यटन मन्त्रालयले जनाएको हो। मन्त्रालयका अनुसार यस वर्षको जनवरीदेखि अगस्टसम्म कुल पर्यटकको संख्या ६ करोड ३३ लाख पुगेको छ। जसमा फ्रान्सेली २३ प्रतिशतमाथि, जर्मन ६६.३, इटालियन २५.९, स्विस पर्यटक २३.७ प्रतिशत रहेको बताइएको […]

लुम्बिनीमा पर्यटक आगमनमा उल्लेख्य वृद्धि

गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटक आगमनमा उत्साहजनक वृद्धि हुँदै गएको छ । कोभिडपछिका वर्षहरूमा विस्तारै पर्यटकको सङ्ख्या उकालो लाग्दै गरेको तथ्याङ्कले देखाएको छ । लुम्बिनी विकास कोषले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्ष लुम्बिनीमा तेस्रो मुलुकका पर्यटक आगमनमा पाँच सय प्रतिशतभन्दा बढी सङ्ख्याले वृद्धि भएको छ । लुम्बिनी विकास कोषका जनसम्पर्क प्रमुख एवं सूचना …

चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य

चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य गरिएको छ । चीनले जनवरी ८ देखि सुरु हुने अन्तर्राष्ट्रिय आगमनका लागि न्युक्लिड एसिड परीक्षण रद्द गर्ने चिनियाँ विदेश मन्त्रालयको वेबसाइटमा मङ्गलबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । यद्यपि, चीन भ्रमणमा आउने यात्रुले चीना प्रस्थान गर्नुभन्दा ४८ घण्टाभित्र पीसीआर परीक्षण गर्नुपर्ने र यसको रिपोर्ट साथमा राख्नुपर्नेछ । कोभिड …

पर्यटक आगमनमा सुधार हुँदै

सन् २०२१ को जनवरीदेखि अक्टोबरसम्म १ लाख १ सय ४८ पर्यटक नेपाल भित्रिएका छन् ।पछिल्लो १० महिना अर्थात अक्टोबरसम्ममा नेपालमा २३ हजार २ सय ८४ जनाले नेपाल भ्रमण गरेका छन् । यो तथ्यांकसँगै नेपाल भ्रमण गर्ने पर्यटक आगमनमा आंशिक सुधार भएको हो । सेप्टेम्बरमा मात्र ९ हजार ८ सय ९८ जनाले भ्रमण गरेका थिए । […]

तंग्रिँदै पर्यटन क्षेत्र‚ पर्यटक आगमनमा झिनो सुधार

काठमाडौं : करिब दुई वर्षदेखि महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)ले आर्थिक क्षेत्रमा ठूलो क्षति पुग्यो। अन्य क्षेत्रको तुलनामा पर्यटन क्षेत्रमा ठूलो धक्का लाग्यो।पछिल्ला दिनमा पर्यटक आगमनमा झिनो सुधार देखिएको छ। कोभिड–१९ महामारीको जोखिमकै बीच सरकारले विदेशी पर्यटकका लागि लागू गरेको नयाँ व्यवस्थाका कारण पर्यटन क्षेत्रमा सहयोग पुगेको छ।विशेषगरी सरकारले विदेशी पर्यटकलाई ‘अन अराइभल भिसा’ व्यवस्था गरेसँगै पर्यटक आगमनमा सकारात्मक संकेत देखिएको नेपाल पर्यटन बोर्डले जनाएको छ

मलेसियाको सबा राज्यले लगायो नेपाली कामदारको आगमनमा रोक

काठमाडौं। मलेसियाको सबा राज्यले नेपाली कामदारको आगमनमा अस्थायी रोक लगाएको छ। नेपालमा कोरोना संक्रमण बढेपछि सबा राज्यले नेपाली लगायत भारतीय, बंगलादेशी, पाकिस्तानी र श्रीलंकन कामदारको आगमनमा पनि रोक लगाएको हो। सबाका मुख्यमन्त्री डाटुक सेरि हाजिजीले उक्त जानकारी स्थानीय मिडियालाई दिएका हुन्। नेपाली कामदारको आगमनमा रोक आइतबारबाट लगाइएको हो। यसअघि उक्त राज्यले अमेरिका, फ्रान्स र ब्राजिलका नागरिकलाई प्रवेशमा रोक लगाएको थियो।

मलेसियाको सबा राज्यले लगायो नेपाली कामदारको आगमनमा रोक

काठमाडौं। मलेसियाको सबा राज्यले नेपाली कामदारको आगमनमा अस्थायी रोक लगाएको छ। नेपालमा कोरोना संक्रमण बढेपछि सबा राज्यले नेपाली लगायत भारतीय, बंगलादेशी, पाकिस्तानी र श्रीलंकन कामदारको आगमनमा पनि रोक लगाएको हो। सबाका मुख्यमन्त्री डाटुक सेरि हाजिजीले उक्त जानकारी स्थानीय मिडियालाई दिएका हुन्। नेपाली कामदारको आगमनमा रोक आइतबारबाट लगाइएको हो। यसअघि उक्त राज्यले अमेरिका, फ्रान्स र ब्राजिलका नागरिकलाई प्रवेशमा रोक लगाएको थियो।

पूर्वीनाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा। नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ। भारतमा कोरोना संक्रमण अत्याधिक बढिरहँँदा नेपालमा नभित्रियोस् भनेर पूर्वसतर्कता अपनाउँदै मंगलबारदेखि भारतीय नागरिकको अनावश्यक प्रवेशलाई रोकिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पछिल्लो समय दैनिक ७०० भन्दा बढी पूर्वीनाकामार्फत नेपाल प्रवेश गर्ने र एक हजारको हाराहारीमा नेपालबाट भारत जाने गरेका छन्। रासस