प्रदेश २ को राजधानी जनकपुरधाममा विवाह पञ्चमी महोत्सवका लागि आवश्यक तयारी थालिएको छ । दुई वर्ष कोरोना महामारी र विगतमा विभिन्न आन्दोलनले थलिएको तराई मधेसमा यस वर्ष भने भव्य रुपमा विवाहपञ्चमी महोत्सव मनाउने भन्दै अहिलेदेखि नै तयारी थालिएको हो ।आगामी मंसिर २२ मा विवाह पञ्चमी परेकाले अहिलेदेखि तयारी थालिएको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जानकारी दिए । साताव्यापी रुपमा मनाइने महोत्सव मंसिर १७ देखि नै सुरु हुने उनको भनाइ छ ।यस वर्ष छठ पर्वमा निकै भिड देखिएकाले विवाह पञ्चमीमा पनि उल्लेख्य