अर्घाखाँचीबाट विदेशिएका युवाले गाउँको विद्यालयमा कम्प्युटर तथा शैक्षिक सामग्री उपलब्ध गराएका छन्। आफ्नो गाँस कटाएर माध्यमिक तहसम्मका विद्यार्थीलाई नि:शुल्क प्राविधिक कम्प्युटर शिक्षा हासिल गराउने उद्धेश्यले उनीहरूले सो सामग्री उपलब्ध गराएका हुन्। २१ औँ शताब्दीमा कम्प्युटर शिक्षा बिना विदेश पुगेर आफूले निकै सास्ती खेप्नु परेको भन्दै विद्यार्थीलाई सानो कक्षादेखि नै कम्प्युटर शिक्षा दिन सकियोस् भन्ने उद्धेश्यले…