चिनियाँ विद्यार्थीले आफूसँगै पढ्ने स्कुले विद्यार्थीबाट संकलित रकमबाट भूकम्पबाट प्रभावित तीन विद्यालयका बालबालिकालाई कम्प्युटर र शैक्षिक सामग्री सहयोग गरेका छन् । नेपाल रेडक्रस सोसाइटीको समन्वयमा अमेरिकामा पढ्दै गरेका १७ वर्षे चिनियाँ युवक जोङछी वाङली (थुतु) ले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।